विराटनगर । प्रधानमन्त्री कप महिला टी –२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्विविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

एपीएफले प्रतियोगिताभर अपराजित छ। एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको हो।

एपीएफको कप्तानी सीता राना मगरले समालेकि छिन भने कोशीको कप्तानी रुबिना क्षेत्रीले सम्हाल्दै आएकी छन्।

मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरू भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia