विराटनगर । पेसागत महासंघ नेपाल कोशी प्रदेश समितिले विभिन्न माग राख्दै २७ बुँदे ध्यानाकर्षण पत्र प्रदेश सरकारलाई बुझाएको छ ।आइतबार कोशी प्रदेशका मुख्य सचिव केदारनाथ शर्मामार्फत मुख्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । पेसागत समस्या तथा जनसरोकारका विषयसहितको ध्यानाकर्षण पत्र बुझाइएको पेसागत महासंघ कोशी प्रदेशका महासचिव मुकुन्द दाहालले बताए ।

केन्द्रीय अध्यक्ष प्रेमकुमार खनालसहित प्रदेश अध्यक्ष लेखनाथ भट्टराई, उपाध्यक्ष रेखा खतिवडा, महासचिव मुकुन्द दाहालसहितको टोलीले मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा श्रमिक पेसाकर्मीहरूको सेवा सुरक्षा, वृत्ति विकासका लागि यथाशीघ्र संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन जारी गर्न माग गरिएको छ ।

प्रदेश सेवा ऐन, स्थानीय सेवा ऐन जारी गर्न, अस्थायी करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न, उनीहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न, सार्वजनिक विद्यालयमा काम गर्ने बाल शिक्षकहरूको समस्या समाधान गर्नसमेत माग गरिएको छ ।
यस्तै अनियमितता र भ्रष्टाचार गर्ने दोषी व्यक्तिलाई कारबाही गरी सुशासन कायम गर्न, जनोपयोगी सार्वजनिक संस्थानहरूको संघ, प्रदेश र

स्थानीय सरकारको स्वामित्व र लगानीमा पुन संरचना गरी सबै पालिकामा सेवा विस्तार गर्न, पालिका तहमा सुपथ मूल्यका पसल खडा गरी रासन कार्डका आधारमा न्यून आय भएका जनता र श्रमिकहरूलाई बिक्री वितरणको व्यवस्था गरी राहत प्रदान गर्न, प्रदेशस्तरमा श्रम प्रतिष्ठान गठन गरी श्रम र रोजगारी सम्बन्धी नीति तर्जुमा गरी लागू गर्न माग राख्दै उनीहरूलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia