सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। पेट्रोलको मूल्य ४ रूपैयाँ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ।
भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि मंगलबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य बढाइएको नेपाल आयाल निगमले जानकारी दिएको छ।
मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ।
पहिलो वर्गमा चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल पर्दछन्।