सौनक भट्ट कन्सर्टको तयारी पुरा, इनरुवाका युवाहरु कन्सर्टको प्रखाईमा
२१ फागुन, इनरुवा। युवा पुस्तालाई लक्षित गरी N-CDMC को प्रायोजनमा इनरुवामा हुने एक दिने मोटिभेसनल कन्सर्टको पुरा तयारी सम्पन्न भएको छ।
भोलि सनिबार इनरुवाको कमल टाकिजमा हुने उक्त कार्यक्रमको प्रमुख आकर्षण सौनक भट्ट हुनेछन्। आयोजक "द चेन्ज ग्रुप" का सद्स्य कुबेर जंग थापाले दिनुभएको जानकारी अनुसार सौनक भट्ट अहिलेका युवा पिढींमा एक लोकप्रिय नाम हो। युवा नेतृत्व, युवाका लक्ष्य, युवालाई प्रेरणा आद...











