१९ फागुन, निरोज कोइराला भोजपुर। भोजपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेपाल बिद्यार्थी संघले सचिव जितेको छ भने अन्य सवै पद एमाले सर्मथक अनेरास्वयूले जितेको छ । अनेरास्वयूले प्रत्यक्ष निर्वाचन तर्फ सचिव वाहेक ८ पदमा विजय प्राप्त गरेको हो । सचिव भने नेपाल विद्यार्थी संघले जितेको हो ।
कोषाध्यक्ष पदमा १ सय ४० मत ल्याउदै अनेरास्ववियूकी नमुना घिमिरे विजयी भएकाी छन । सदस्यहरु अनेरास्ववियूले जितेको छ । जसमा देवेन्द्र भुजेल १ सय ५५ मत , कौसिला शिवा, १ सय ३६ मत, निशा तामाङ्ग १ सय ४१ मत, विकास तामाङ्ग १ सय ४५ मत , संगिता थापा, १ सय ५२ मत, र मन्दिरा श्रेष्ठ १ सय ४२ मत ल्याएर विजयी भएका छन ।
त्यस्तै समानुपाति तर्फ अनेरास्ववियूले १ सय ४२ मत, नेपाल विद्यार्थी संघ, १ सय १५ मत, समाजवादी विद्यार्थी फोरम नेपाल १९ मत , अखिल क्रान्तिकारी, ५० मत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १ मत ल्याएका छन् ।








