फागुन २६ इनरुवा/ सप्तरी घटनाको विरोधमा विद्यार्थीहरुले इनरुवामा विरोध र्याली निकालेका छन् । सुनसरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको र्यालीले इनरुवा नगरको परिक्रमा गरेको थियो ।


संयुक्त मधेशी विद्यार्थी मोर्चाको अगुवाईमा निस्केको र्यालीमा सहभागिहरुले एमाले अध्यक्ष ओलीका साथै गृहमंत्री विमलेन्द्र निधी विरोधी नाराबाजी गरेका थिए ।निहत्थामाथि गोली चलाउने प्रहरीलाई कार्वाहीको माग गर्दै उनिहरुले सुनसरी प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अघि चर्का नाराबाजी गरेका थिए ।


नगरपरिक्रमा पश्चात बस चौकमा आयोजित कोण सभामा बोल्ने विद्यार्थी नेताहरुले राजविराज घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कार्वाहीको माग गरे । उनिहरुले मधेशका मुद्धा अविलम्ब सम्बोधन गरिनु पर्ने बताए । कोणसभामा संयुक्त मधेशी विद्यार्थी मोर्चा संयोजक ब्रम्हदेव यादव सहित विद्यार्थी नेताहरु श्रवण यादव, निशा मेहता, अर्जुन मेहता र रन्जित मेहता लगायतकाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia