असोज पहिलो साता हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षा ३ दिन पछि सर्‍यो

असोज पहिलो साता हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षा ३ दिन पछि सर्‍यो
इटहरी । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तीन दिन पछि सरेको छ।यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी पछि सरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले बुधबार एक सूचना जारी गर्दै कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सरेको जानकारी गराएको हो।संशोधित समय तालिकाअनुसार ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ।

माेरङमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

माेरङमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय
मोरङ । कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता आवासीय भवन प्रदेश सरकारको स्पष्ट कार्ययोजना बन्न नसक्दा सञ्चालनमा कठिनाइ देखिएको छ । अपाङ्गता अधिकार ऐन, २०७४ ले १० किसिमका अपाङ्गताहरूमा पर...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता (तालिका सहित)

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता (तालिका सहित)
भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँ...

कक्षा १२ को नतिजा आज साँझसम्म प्रकासन गरिदै : यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा आज साँझसम्म प्रकासन गरिदै : यसरी हेर्न सकिन्छ
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्य...

जनता क्याम्पसमा सञ्चारउद्ममी विकल रेग्मीको उम्मेदवारी

जनता क्याम्पसमा सञ्चारउद्ममी विकल रेग्मीको उम्मेदवारी
इटहरी । शनिवार हुने जनता बहुमुखी क्याम्पस व्यवस्थापन समिति निर्वाचनमा इटहरीका सञ्चार उद्यमी विकल रेग्मीले उम्मेदवार दिएका छन् । उनले क्याम्पसलाई प्रविधि सँग जोडने र सूचना मैत्री बनाउने प्रतिबद्धता सहित आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन । रेग्मी इटहरीस्थित सप्तकोसी टेलिभिजनका सञ्चालक पनि हुन । उनी विगत ८ वर्ष देखि जनताको समस्यालाई टेलिभिजन मार्फत दर्साउँदै आइरहेका छन् । सरकारी जस्तै सहुलियत र न...

एसइई खारेजीको प्रस्ताव

एसइई खारेजीको प्रस्ताव
काठमाडौं । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय त...

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान
इनरूवा । सुनसरीकाे इनरूवास्थित स्मल हेभन एकेडेमीले शैक्षिक सत्र २०८०।८१का लागि भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । उदयपुर बेलका नगरपालिकाकाे बेलका रिभर्स बिच रिसोर्टमा एक कार्यक्रम गरी नयाँ विद्यार्थीहरूलाइ स्वागत तथा सम्मान गरिएकाे हाे । उक्त कलेजमा भर्ना भउका २१७ जना नयाँ विद्यार्थीहरूलाइ एकै स्थानमा भेला गरी कलेजले दिने सेवा सुविधा तथा अध्यपन गराइने वि...

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा
काठमाडाै । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सिबिटी) सञ्चालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग (एचआरडी) बाट यस्तो परीक्षा सञ्चालन हुँदै छ । यो परीक्षा पास गरेपछि पुनः क...

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई बिद्यालयकाे अनुमती खारेज

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका दुई बिद्यालयकाे अनुमती खारेज
इटहरी । इटहरी उपमहानगरले दिएको निर्देशन नमानेको भन्दै दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ । तोकिएको समय अवधि भित्र छात्रवृत्ति विवरण नबुझाउने इटहरीका संस्थागत निजी विद्यालयहरूको कक्षा सञ्चालन अनुमति रद्ध गरेको हो । इटहरी उपमहानगर ६ मा सञ्चालित इटहरी चिल्ड्रेन स्कुल र वडा नं १० मा सञ्चालित इटहरी नमुना स्कुलको कक्षा अनुमति रद्ध गरेको हो । छात्रवृत्ति विवरण बुझाउन तिन पटक सम्म म्याद थप...

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण
इनरुवा नगरपालिकाले सामुदायिक विध्यालयका छात्राहरुलाई आज एक कार्यक्रमका बीच साईकल वितरण गरेको छ। कक्षा १० उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो। नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार कक्षा १० उत्तीर्ण दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा पढ्न प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो। नगरपालिकाको सात वटा माध्यमिक विध्यालयका ४८ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो। या...
trusted online casino malaysia