मुम्बईको लिलावती अस्पतालमा सञ्जय दत्त अस्पताल भर्ना
भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न गाह्रो भएलगत्तै अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । भारतीय मिडियाहरूमा उल्लेख गरेअनुसार उनको कोभिड १९ को रिपर्ट नेगेटिभ आएको छ ।
अस...












