मेरी बास्सैकी निर्मली दोस्रो पटक बनिन् आमा
१२ पुष, काठमाडौँ । हाँस्यकलाकार तथा मोडल निरु खड्का ‘निर्मली’ले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छिन् । आज उनले फेसबुकमा नवजात शिशु सहितको फोटो राख्दै दोस्रो पटक आमा बनेको भन्दै आफ्ना फ्यानहरुमाझ खुशी बाँडेकी छिन् । शिशुका दुई वटा तस्विर राखेकी निर्मलीले लेखेकी छिन् , ‘एउटा लामो प्रसव पीडापछि पुन: एकपटक आमा भए।
हामीलाई माया गरेर ख्याल गर्नुहुने सम्पूर्णमा हामी स्वास्थ्य रहेको कुरा भन्न चा...











