राजधानीमा हैजा फैलियो
काठमाडौं । राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ । ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको छ ।स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक का.बाबुराम मरासिनीले ललितपुरको टौखेल (गोदावारी), टंगोल, सुन्धारासहित लगनखेल क्षेत्रमा हैजा देखिएको बताए ।
मरासिनीका अनुसार काठमाडौंको बाफलमा पनि हैजा देखिएको छ ।पछिल्लो दुई सातामा गरिएको परीक्षणमा हैजा देखिएको हो । डेढ दशकयता...












