dhaniya bunchcilantro

कमजोरीको औषधी

पिसेको हरियो धनियाको दुुई चम्चा रसमा दुई चम्चा मिश्रि र आधा कचौरा पानी मिसाउनुहोस् । यो रसलाई हरेक दिन बिहान र बेलुका पिउनुहोस । कम्जोरी र चक्कर आउने समस्या निको हुन्छ ।

पाचन प्रणालीमा सुधार

हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको पानीलाई आधा गिलास पानीमा मिसाएर पिउँदा पाचन प्रणालीलाई सुधार गर्छ ।

पेटको दर्द निको गर्छ

आधा गिलास तातो पानीमा दुई चम्चा धनियाको धुलो मिसाएर खाँदा पेट दुखेको निको गर्छ ।

शरिरको मुसा हराउछ

धनियाँ पिसेर यसको लेप मुसा आएको ठाँउमा लगाइदिदा शरिरको मुसा हराउँछ ।

कपाल झर्न रोक्छ

नियमित रुपमा धनियाको रस कपालमा लगाउदा कपाल झर्ने समस्या कम हुन्छ ।

आँखाको ज्योति तेज बनाउछ

हरियो धनियाँमा भिटामिन एको मात्र प्रर्याप्त हुन्छ । नियमित रुपमा खानामा धनियाँको प्रयोग गर्दा आँखाको रोशनी बढ्छ ।

छाला चमक बढाउँछ

एक चम्चा धनियाँको रस बेसारमा दलेर लगाउँदा अनुहारको छालामा चमक ल्याउछ । छालामा निखारता ल्याउँछ । अनावश्यक पिम्पल्स हटाउँछ ।

टायफाइडका बिरामीलाई उपयोगी

हरियो धनियाको पातको रस पिउदा टायफाइडका बिरामीलाई लाभ मिल्छ ।

अनिन्द्राको औषधी

हरियो धनियाँ र मिश्रीको बराबर परिमाणलाई सँगसँगै पिसेर यसको रसलाई बिहान र बेलुका दुई दुई चम्चा पिउने । निद नआउने समस्या समाधान गर्छ ।

श्वास प्रश्वासको समस्या निको गर्छ

पिनेको हरियो धनियाको पात र मिश्रीको नियमित सेबन गर्दा दम लगायतका श्वास प्रश्वाससम्बन्धि रोग निको हुन्छ ।स्वास्थ्य खबरपत्रिकाबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia