संक्रमितको संख्या ३४४८ पुग्यो, ४६७ जना निको भएर घर फर्के
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार मात्र २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन...











