५० वर्षसम्म साबुन-पानी जिउमा हालेनन्, जब नुहाए, ज्यानै गुमाए
एजेन्सी । उनी एक सन्यासी थिए, जसलाई सञ्चारमाध्यमले 'विश्वका सबैभन्दा फोहोरी मान्छे' भनेर चिनाउँथे। तिनै मानिसको ९४ वर्षको उमेरमा निधन भएको छ।केही महिनाअघि मात्रै उनले दशकौँपछि पहिलो पटक नुहाएका थिए।अमोउ हाजीले साबुन र पानीले ५० वर्षभन्दा लामो समय नुहाएनन्। उनले यी दुवै चिजलाई आफूभन्दा परै राखे। उनलाई यी दुई वस्तुको प्रयोग गर्दा बिरामी हुने डर थियो।अमोउ दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे। पहिले ...












