दुनियाँका अधिकांश सजीवमा भाले र पोथी छ । मानवमापनि महिला र पुरुष छ । भाले पोथीको मिलनले नै सृष्टिमा सजीव जगत पुन थपिन्छ । यसैले सृष्टिका लागिपनि भाले पोथीको मिलन जरुरी छ । सृष्टि धान्न मात्र हैन जीवन सहज बनाउँनपनि र जैविक आवश्यकता पूरा गर्नपनि महिला र पुरुष एक अर्काका अपरिहार्य हुन् ।
तर यस्तो मिलनमा महिलाहरुले पुरुषका खास बानी मन पराउँदैनन् । जसले सम्बन्ध नै टुटाइरहेको हुन्छ । त्यस्ता कुन बानी हुन् जुन पुरुषहरुमा हुन्छ र महिलाहरु मन पराउँदैनन् ? तल विस्तृतमा जान्नुहोस् ।

१, अर्को केटी नियाल्ने
कुनै केटीले आफ्नो प्रेमीले अरु केटीलाई रहेको देख्न सक्दैनन् । तर केटाहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन् । यदि उनी आफ्नी गर्लफ्रेन्ड वा श्रीमतीसँग हिड्दै गर्दा अचानक त्यहाँबाट कुनै सुन्दर केटी अगाडि आइन् भने तुरुन्तै केटाको नजर त्यो केटी माथि पुग्छ । त्यसबेला केटाहरुले साथमा कोही नभएको जस्तो व्यवहार गर्छन् ।
उनीहरुको पूरा ध्यान सुन्दरी तर्फ गएको हुन्छ । त्यो केटी बानी केटीहरुलाई भने पटक्कै मन पर्दैन । यस्तो व्यवहारले केटीलाई धेरै रिस उठ्छ उनीहरुले त्यस्ता केटाहरुलाई फाल्तु नै सम्झिन्छन् । यस्ता केटाहरु मायामा धोका दिन्छन् नै । जब उनीहरुको मन भरीन्छ तब उनीहरु अर्को केटीसँग सम्बन्ध सुरु गर्छन् ।
२, फ्लर्ट गर्ने बानी
कतिपय केटाहरु यस्ता छन् जो केटीहरुसँग फ्लर्ट गर्न मन पराउँछन् । झुक्याउने, छल्ने गरेर हैरान गराउँछन् । केटीहरूलाई थाहा छ कि त्यस्ता केटाहरू विश्वास गर्न लायक हुँदैनन् । उनीहरूले तिनीहरूलाई जुनसुकै बेला छोड्न सक्छन्। यदि तपाइ हरेक केटीसँग फ्लर्ट गर्नुहुन्छ भने, सोच्नुहोस् की तपाइ केटीहरुबाट धोका पाउनुहुनेछ ।
३, केटीलाई सम्मान नगर्ने
केटीहरूलाई सधैं इज्जत चाहिन्छ । यदि केटाले केटीलाई इज्जत गर्दैन भने, त्यस्ता केटाहरूलाई केटीहरू मन पर्दैनन्। यो दुनियाँमा धेरै केटाहरू छन् जो यति नराम्रा छन् कि उनीहरू केटीहरूलाई धेरै अपमान गर्छन् । उनीहरूलाई कत्ति पनि इज्जत गर्दैनन्। यो प्रायः प्रेमी र प्रेमिका बीचको सम्बन्धमा देखिन्छ। हरेक केटीहरु सम्मान चाहान्छन् । बारम्बार अपमानीत हुनु परेको महसुस भएमा उनीहरुले तपाइलाई छोडिदिन्छन् ।
४, सानो कुरामा रिस उठ्ने
यो बानी धेरै केटाहरुमा पनि पाइन्छ । कोही यस्ता हुन्छन् आफ्नो सारा रिस आफ्नी प्रेमिका वा श्रीमती माथि निकाल्छन् । यस्ता केटाहरु केटीहरुलाई पटक्कै मन पर्दैन । धेरै केटाहरू छन् जो सानो कुरामा झगडा गर्छन् त्यो बानीबाट केटीहरु टाढा हुन खोजिरहेका हुन्छन् । यसैले ख्याल नगरे उनी तपाईबाट विदा हुनसक्छिन् ।
५, चुरोट र रक्सीको लत
चुरोट र रक्सी पिउने केटाहरुलाई केटीहरुले १ प्रतिशत पनि राम्रो मान्दैनन् । केटीहरुपनि खान त खान्छन् तर सधैँ खादैनन् । लत नै बसेको जस्तो देखेमा एकदम घृणा गर्दछन् । यस्ता केटालाई आफ्नो प्रेमी बनाउन चाहँदैनन् जो चुरोट र रक्सी पिउने गर्छन् ।
केटाहरूलाई लाग्छ कि चुरोट पिउनाले हामी धेरै स्टाइलिश देखिन्छौं र यसले केटीहरू छिट्टै प्रभावित हुन्छन्। तर यो वास्तविकताबाट टाढा छ। चुरोट पिउने र रक्सी पिउने केटालाई कुनै केटीले मन पराउँदैनन् भन्ने तथ्य उनीहरूलाई थाहा हुन जरुरी छ ।








