चतरामा कुम्भमेलाको तयारीबारे बृहत छलफल
इटहरी। सुनसरीको चतराधाममा आउँदो वर्ष लाग्ने कुम्भमेलाको तयारी सुरु भएको छ । २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि सुरु हुने दोस्रो पूर्ण महाकुम्भ मेला तयारीको सन्दर्भमा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कुम्भ मेला आयोजना तयारीको विषयमा सोमवार कुम्भमेला स्थल चतराधाममा तयारीको विषयमा वृहत् छलफल तथा अन्तरक्रिया गरिएको हो । चैत्र शुक्ल प्रतिपदादेखि वैशाख शुक्...










