जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्य
राजविराज । जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्यले सप्तरीका मैथिल तथा थारु महिलाहरुले विभिन्न स्थानमा जितिया महोत्सव मनाएका छन् । निराहार, निर्जला उपवास बसेका थारु समुदायका महिलाहरुले दिनभरी नाचगान, नाटक प्रस्तुतीका साथै जिमुतवाहनको कथावाचन गरी महोत्सवका रुपमा जितिया पर्व मनाएका हुन् ।
जितियालाई राष्ट्रिय पर्वका रुपमा स्थापित गर्नुपर्ने माग राख्दै थारु महिलाहरुले राजविराजसहित...












