- राजन निरौला

इनरुवा। नेपाल झाँगड (उराँव) कोड्रेम सुधारा कार्य गुठियारा आ केन्द्रीय कार्य समिति सुनसरीको आयोजनामा राष्ट्रिय करम पूजा तथा सांस्कृति कार्यक्रम आयोजना हुने भएको छ । केन्द्रीय समितिले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।

अध्यक्ष ध्यानी उराँवका अनुसार करम पूजाको अवसरमा असोज १२ र १३ गते कोशी गाउँपालिकाको लौकहीमा कार्यक्रम आयोजना गरिने छ ।कार्यक्रममा काग्रेसका नेता बिजयकुमार गच्छदार र ज्ञानेन्द्र कार्की सहित आदिबासी जनजाति नेताहरुको उपस्थिती रहने बताइएको छ ।

कार्यक्रमकालागि तयारी पुरा भएको बताउँदै समितिका संस्थापक अध्यक्ष छेविलाल उराँवले राष्ट्रिय कार्यक्रमलाई भब्य रुपले मनाउन विभिन्न समितिहरु निर्माणको चरणमा जुटेको बताए ।करम पूजाको अवसरमा इनरुवा सहितका क्षेत्रमा विभिन्न उराँव जातिसँग जोडिएका संस्थाले आफ्नै तवरले कार्यक्रम मनाएका छन् ।

यद्यपी जातीय रुपमा आधिकारिक संस्था कोड्रेम भएकोले आउँदो १२ र १३ गते आयोजना हुन लागेको करम पूजा तथा सांस्कृतिक कार्यक्रममा उपस्थितीकालागि उराँव समूदाय सहित सर्वसाधारणमा समितिका पूर्व महासचिब बाबुरार उराँबले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia