सीता घाट निर्माणकालागि चाँदबेलामा भागवत
इनरुवा २२ माघ /इनरुवा ७ चाँदबेला सीताघाट गुठी संचालन समिति सुनसरीले आजबाट श्रीमद्भागवत महापुराण धन धान्याञ्चल तुलादान महायज्ञ सुरु गरेको छ । माघ २८ गते सम्म चल्ने महापुराण घाट व्यवस्थापन तथा संरचना निर्माणको उद्येश्य अनुरुप संचालनमा ल्याइएको आयोजकले जनाएको छ ।
पुराणबाट संकलित रकम घाट निर्माणमा खर्चने जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष समेत रहेका सीताघाट गुठी संस्था चाँदबेलाका सं...











