राैतहट र बारामा थप संक्रमितको पुष्टि, नेपालमा काेराेना संक्रमितको संख्या ३०४

राैतहट र बारामा थप संक्रमितको पुष्टि, नेपालमा काेराेना संक्रमितको संख्या ३०४
आज साेमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा काेराेना संक्रमितको संख्या ३०४ पुगेकाे छ । नेपालमा थप ९ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या ३०४ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार थपिएका ८ जना राैतहटका छन् भने एक जना बाराका छन् । मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१ वर्षीय र २५ वर्षीय २/२ जना, २३ वर्ष...

सुनसरीमा परीक्षणको दायरा बढाउन जरुरी

सुनसरीमा परीक्षणको दायरा बढाउन जरुरी
सुनसरीमा अहिले सम्म ३ सय ९३ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ ।त्यसैगरी ११ सय १६ जनाको आरडिटी परीक्षण गरिएको छ । सबै परीक्षणको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।अहिले सम्म गरिएका सबै परीक्षण सम्भावित जोखिम र संक्रमणको आशंकाको आधारमा गरिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परीक्षण मापदण्ड अनुरुप पहिलो प्राथमिकताका आधारमा यकिन...

लकडाउन थप दुई साता, जेठ २० सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

लकडाउन थप दुई साता, जेठ २० सम्म थप्ने मन्त्रिपरिषदको निर्णय
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो। बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्र...

संक्रमितको संख्या २ सय ९५, विराटनगर र धनुकटामा पनि पुष्टि

संक्रमितको संख्या २ सय ९५, विराटनगर र धनुकटामा पनि पुष्टि
आइतबार साँझ नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरे अनुसार आइतबार साँझ प्रदेश १ मा ३ जना संक्रमित थपिएको छ । थपिएका संक्रमितमा धनकुटाका ३४ बर्षकी महिला तथा विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन्। संक्रमित महिला नर्स भएको बताइएको छ । यस अघि आइतबार बिहान पनि १० जना संक्रमित थपिएका। यससँगै नेपालमा स‌ंक्रमितको संख्या २९...

झाडीमा लुकेर बसेका १२ जना कोशी किनारबाट पक्राउ

झाडीमा लुकेर बसेका १२ जना कोशी किनारबाट पक्राउ
सुनसरीको कोशी किनारको झाडीमा लुकेर बसेका १२ जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको सुपौल घर बताउने सो समूहलाई सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । लुगाफाटा र बन्दोवस्तीका सामान सहितको समूहलाई नदी किनारको झाडीमा लुकेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार नियन्...

नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे । उनका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृ...

राैतहटका थप १० जनामा संक्रमण, संक्रमितकाे संख्या २९१

राैतहटका थप १० जनामा संक्रमण, संक्रमितकाे संख्या २९१
काठमाडाैँ। आइतबार बिहानै नेपालमा १० जना थप काेराेना भाइरस संक्रमितको पुष्टि भएको छ। यो संगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार दशै जना राैतहटका रहेका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १...

नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु, संक्रमितको संख्या २८१ पुग्यो
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे धुलिखेलकी महिलाको उपचारको क्रममा निधन भएको हो । उनको निधन पछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटले यसबार...

मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण खोजीदै

मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण खोजीदै
काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकी एक सुत्केरीको मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। उनको शुक्रबार निधन भएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सुत्केरीको मृत्यु भए पनि के कारणले भन्ने नखुलेको बताए। ‘सिन्धुपाल्चोक घर भएकी एक सुत्केरीको मृत्यु भएको हो। के कारणले मृ...
trusted online casino malaysia