नक्कली शरणार्थी प्रकरणमा थप १०–११ जना पक्राउ पर्न सक्ने देखिन्छ : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०–११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था देखिएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म आठ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०–११ जना व्यक्तिलाई पक्राउ पर्न सक्ने जनाए ।ठगीबाट सुरु भएको उक्त मुद्दा संगठित अपराधमा परिणत गरेर ४० दिनयता निरन्तर अनुसन्धान भइरहे...












