अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ

अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
भोजपुर । भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो । आयोजनाको कुल लागत १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । हाल आयोजनाको मुख्य लाइनमा पाइप बिछ्याउने काम भइरहेको भए पनि अन्य काममा भने ब...

सय दिने उपलब्धी सार्वजनिक गर्ने तयारीमा मुख्यमन्त्री कार्की

सय दिने उपलब्धी सार्वजनिक गर्ने तयारीमा मुख्यमन्त्री कार्की
इटहरी । हिम्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आफ्ना १ सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरेको छ । कार्कीले मुख्यमन्त्रीको रुपमा गत पुस २५ गते शपथग्रहण गरेका थिए । त्यही दिनदेखि आफू नेतृत्वको सरकारले गरेका मुख्य उपलब्धीलाई समेटेर सार्वजनिक गर्ने तयारी गरेको कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए । ‘हालसम्म सरकारले गरेका राम्रा कामको सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ खन...

ताप्लेजुङकाे फुङलिङ बजारवासी एक साता देखि धमिलाे पानी पिउन बाध्य

ताप्लेजुङकाे फुङलिङ बजारवासी एक साता देखि धमिलाे पानी पिउन बाध्य
ताप्लेजुङ । केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ ।दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता मारमा परेका छन् । कतिपयले नजिकका धारा कुवाबाट गाग्रो...

ताप्लेजुङ पुगेर राप्रपा अध्यक्ष लिङदेनले भने : सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन

ताप्लेजुङ पुगेर राप्रपा अध्यक्ष लिङदेनले भने :  सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको आरोप लगाएका छन् ।आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख गरेको बताए । विधेयकले विद्रोही पक्षलाई मात्र उन्मुक्ति दिन खोजेको र द्वन्द्वको चपेटामा परेका नागरिकका विषय ओझ...

खाेटाङकाे सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

खाेटाङकाे सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटक–पटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई...

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप : राजमार्ग बन्द गराएपछि प्रहरीले गर्याे लाठिचार्ज

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप : राजमार्ग बन्द गराएपछि प्रहरीले गर्याे लाठिचार्ज
इटहरी। सुनसरीको इनरुवामा आइतवार दिउसाे लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ । बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हाे ।लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो ।प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरुलाई लट्ठी चार्ज ग...

पाँचथरकाे सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

पाँचथरकाे सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव
पाँचथर । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरिका गुराँसले मन तानिरहने । बीच–बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट । चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्यता पनि उस्तै । जताजता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरूको सङ्गम हो याङवरक ग...

हर्क साम्पाङले दिए सांसदहरुलाई ‘निषेध’ को चेतावनी, बालेनले भने, ‘गर्ने नै यहि हो’

हर्क साम्पाङले दिए सांसदहरुलाई ‘निषेध’ को चेतावनी, बालेनले भने, ‘गर्ने नै यहि हो’
इटहरी ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले कोशीको पानी धरान ल्याउने योजना (प्रोजेक्ट) मा बजेट नपरे धरानमा सांसदहरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्यूहरूलाई धरानमा निषेध गरिने छ ! तल तीनकुनेमै बोर्ड राखिने छ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्...

मोरङको रंगेलीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु, १७ घाइते

मोरङको रंगेलीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु, १७ घाइते
विराटनगर । मोरङ रंगेलीमा ट्यावक्टर पल्टिँदा एकजानको मृत्यु भएको छ । घटनामा १९ जना घाइते भएका छन् । शनिबार विराटनगर–रंगेली सडक खण्डअन्तर्गत रंगेली– ४ स्थित आमतोला चोकमा अनियन्त्रि भएर ट्याक्टर पल्टिएको हो ।घटनामा मोरङको ग्रमथान गाउँपालिका ५ बस्ने वर्ष ६५ की बैसाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले दिएको जानकारीअनुसार पश्चिमीबाट रंगेलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ...

भिरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गयो

भिरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गयो
ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गा लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका –३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जानुभएको थियो । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षण...
trusted online casino malaysia