बेमौसमी हिमपातले ताप्लेजुङमा जनजीवन प्रभावित

बेमौसमी हिमपातले ताप्लेजुङमा जनजीवन प्रभावित
ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ । पछिल्लो समय दैनिकजसो साँ...

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ। सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकट्तम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेलले ४५, जमुना गौतम पोखरेलले ४४,...

अन्तत रतुवा खाेलामा बन्ने नै भयाे अधुराे पक्की पुल : निर्माणका लागि नयाँ ठेक्का

अन्तत रतुवा खाेलामा बन्ने नै भयाे अधुराे पक्की पुल : निर्माणका लागि नयाँ ठेक्का
माेरङ । माेरङ र झापा जाेड्ने रतुवा खाेलामा  अलपत्र अवस्थामा रहेकाे पुल निर्माण हुने भएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवाखोलामा अधुरै रहेकाे पुल निर्माण हुने भएकाे हाे । डेढ दशकअघि साे पुलकाे काम आधा मात्रै गरिएकाे छ । बाँकी भागमा पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ ।पुल नहुँदा स्थानीयबासी वर्खामा पैसा तिरेर डुङ्गा र हिउँदमा बास...

पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
पाँचथर ।मेची राजमार्गको फिदिम इलाम सडक खण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–३ कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड–१ निवासी १८ वर्षीय रश्मि भुजेलको ज्यान गएको हो । दुर्घटनामा गम्भ...

देशकै नमुना इलाम कारागारबाट थुनुवा फरार भएपछि…

देशकै नमुना इलाम कारागारबाट थुनुवा फरार भएपछि…
इलाम । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधार गृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चर्यको रूपमा लिइएको छ । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो । कारागारमा हरेक साँझ थुनुवा गणना गर्ने गरिन्छ...

इलाम साहित्य महोत्सव हुने

इलाम साहित्य महोत्सव हुने
मङ्गलबारे। इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् । कला र साह...

जन्मँदै हात–पाउ नभएकी माेरङ कटहरीकी लक्ष्मी कृत्रिम हात-खुट्टा पाउँदा दंग

जन्मँदै हात–पाउ नभएकी माेरङ कटहरीकी लक्ष्मी कृत्रिम हात-खुट्टा पाउँदा दंग
इटहरी । मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन् । जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफै हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु पर्‍यो । आज उनलाई झापाक...

झापाकाे मेचीनगर नगरपालिकाले अनुदानमा दिएकाे मकैकाे बिउ उम्रिएन : किसानहरूले राखे छानविनकाे माग

झापाकाे मेचीनगर नगरपालिकाले अनुदानमा दिएकाे मकैकाे बिउ उम्रिएन : किसानहरूले राखे छानविनकाे माग
झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो लिएर आउने गरेको बताए । उनले भने, ‘सबै किसानले लैजानु भएको बिउ नम्...

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा

सुनसरी क्याम्पस सञ्चालक समितिकालागि दुई प्यानल चुनावी मैदानमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रेको छ । वि.स.२०३७ सालमा स्थापना भएको सामुदायिक क्याम्पसको व्यवस्थापन समितिको निस्कृयताले चार दशकको इतिहास बोकेको क्याम्पसको विकास नभएको भन्दै नयाँ नेतृत्वले काम गर्ने प्रतिवद्धता सहित दुई प्यानल चुनावी मैदानमा उत्रेको हो । संचालन समितिका लागि नेपाली काग्रेंस, नेकपा माओवादी केन्द...

माेरङकाे रंगेलीबाट दुई सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ

माेरङकाे रंगेलीबाट दुई सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ
इटहरी । मोरङमा दुई सय ३४ किलो गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेली २ सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकै गँहुबारीबाट प्रहरीले गाँजा सहित नियन्त्रणमा लिएको जनाएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा, अरर...
trusted online casino malaysia