बबियामा बसको ठक्कर बाट एकको मृत्यु

बबियामा बसको ठक्कर बाट एकको मृत्यु
१३ फागुन, इनरुवा। सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ९ बबियामा बसको ठक्कर बाट एकजनाको मृत्यु भएको छ । शनिबार राती इनरुवा ९ बबियामा ना.२ ख.९८४६ नम्बरको बसको ठक्कर बाट इनरुवा वडा ८ का कर्मलाल उराँवको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । ठक्कर दिने बस सुनसरी प्रहरी नियन्त्रणमा रहेको छ ।

देवागंजको पेट्रोल पम्पबाट खुलेअाम डिजल र पेट्रोल तस्करी

देवागंजको पेट्रोल पम्पबाट खुलेअाम डिजल र पेट्रोल तस्करी
१३ फागुन, भुटाहा। सुनसरीकाे देवागंजमा रहेको दुईवटा गुप्ता पेट्रोल पम्प र भगत पेट्रोलबाट दैनिक पाँच हजार लिटर देखि दस हजार लिटर डिजल र एक हजार देखि दुई हजार पेट्रोल भारत तस्करी हुनेगरेकाे स्थानीय बासिहरुले बताए । एक जनाले माेटरसाइकलमा दुई सय लिटर देखि तीन सय लिटर सम्म बाेकेर भारत लाने गरेको स्थानीय मनाेज मेहताले बताए । देवागंजका किसानहरूले डिजल लिन अाउदा पेट्रोल पम्प मालिकहरुले डिजल नरहेको बताउँ...

सुनसरी खोला छेउबाट भन्सार छलेको सामान बरामद

सुनसरी खोला छेउबाट भन्सार छलेको सामान बरामद
१२ फाल्गुन, इनरुवा। इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोला छेउबाट प्रहरीले शुक्रबार भन्सार छलेको युरीया मल तथा थान कपडा बरामद गरेको छ। जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ भारतबाट लुकाई छिपाई ल्याउदै गरेको ७ बोरा युरीया मल तथा ८ सय ४० मिटर थान कपडा बरामद गरेको हो। बरमाद सामान आवश्यक कार्वाहीकोलागी सेतुवन्धक भन्सार कार्यालय कोशी व्यारेजमा पठाईएको प्रहरीले जनाएको छ। ...

गुणस्तरीय शिक्षा सहित शैक्षिक सुधारकालागि गढीमा विशेष कार्यक्रम

गुणस्तरीय शिक्षा सहित शैक्षिक सुधारकालागि गढीमा विशेष कार्यक्रम
१२ फागुन, औरावनी। सुनसरीको गढी गाउँपालिकाले गुणस्तरीय शिक्षा सहित शैक्षिक स्तर सुधारकालागि अभियानका रुपमा विशेष कार्यक्रम संचालनमा ल्याउने भएको छ । गाउँपालिकाको कार्यालयले शिक्षा क्षेत्र सुधारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षित समाजको परिकल्पना अनुरुपको अभियान संचालनमा ल्याउन लागेको हो । गाउँपालिकाले शिक्षा क्षेत्रको वृद्धि बिकासकालागि कुल बजेटको २५ प्रतिशत रकम अर्थात करिव ७ करोड रकम छुट्याए...

योग समापनमा पर्यटन मंत्री

योग समापनमा पर्यटन मंत्री
११ फागुन, इनरुवा। सुनसरीको इनरुवामा ५ दिनयता संचालनमा रहेको योग शिविर समापन गरिएको छ । प्रदेश नम्वर एकका उद्योग, पर्यटन, वन तथा वातावरण मंत्री जगदिश कुसियतले प्रशिक्षक पूर्नताजगी तालिमको समापन गर्नु भएको हो । प्रमुख अतिथि मंत्री कुसियत धार्मिक विधि विधान अनुसार गरिएको हवनादी कार्यमा सहभागि बन्नु भएको थियो । मंत्री कुसियतले योग अभ्यासले व्यक्ति हुँदै सिङ्गो मूलुक स्वस्थ्य हुने भएकाले सबैकाला...

भाण्टाबारीबाट पक्राउ परेका जोडी अभिभावकको जिम्मा

भाण्टाबारीबाट पक्राउ परेका जोडी अभिभावकको जिम्मा
११ फागुन,  इनरुवा। सुनसरीको भाण्टाबारीबाट नेपाली चेली सहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले अभिभावकलाई जिम्मा लगाउने तयारी गरेको छ । झापा घर भै धरानमा अध्यनरत १८ वर्षे युवती लिएर भारत तर्फ लैजाने क्रममा भारतको उत्तर प्रदेश स्थित उन्नाव सिटी घर भएका सिद्धान्त बाजपेयीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सीमा क्षेत्रमा रहेका अधिकारकर्मीहरुले शंकाको आधारमा युवा जोडीलाई सोधपुछ पछि प्रहरीको जि...

पाँच लाख मूल्य बराबरको बाख्रा कोशी गाउँपालिकाबाट नियन्त्रणमा

पाँच लाख मूल्य बराबरको बाख्रा कोशी गाउँपालिकाबाट नियन्त्रणमा
इनरुवा। सुनसरी प्रहरीले ५ लाख मूल्य बराबरको बाख्रा नियन्त्रणमा लिएको छ । भारत बाट नेपाल लुकाइ छिपाई ल्याउँदै गरिएको ३८ थान बाख्रा र एक सवारी साधन सुनसरी प्रहरीले कोशी गाउँपालिका २ बाट नियन्त्रणमा लिएको हो । सनुसरी प्रहरीले चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरिएको बाख्रा नियन्त्रणमा लिई सेतु बन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको जनाएको छ । प्रहरीले बाख्रा ओसार्न प्रयोग गरिएको स १ च ९३१ नम्वर...

छोराले प्रेम गर्दा बाबु प्रहरी खोरमा

छोराले प्रेम गर्दा बाबु प्रहरी खोरमा
१० फागुन, इनरुवा। छोराले प्रेम गरेर प्रेमिका भगाएपछि छोराका बाबु प्रहरी थुनामा परेका छन् । केटी पक्षले केटाको बाबुलाई छोरो हाजिर गराउन ५ दिने अल्टिमेटम दिएको थियो । केटा फेला नपरेपछि केटी पक्षको दबाबमा केटाको बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको पीडित पक्षको भनाई छ । हरिनगर गाउँपालिका ६ घुस्कीका सलमान अन्सारीले स्थानीय युवतीसँग प्रेम बिवाह गरेपछि सामाजिक दबाबका कारण फरार रहँदै आएका छन् । प्रहरी समक...

लैङ्गिक हिंसा विरुद्ध हाम्रो सहयात्रा

लैङ्गिक हिंसा विरुद्ध हाम्रो सहयात्रा
१० फागुन, इनरुवा। लैङ्गिक हिंसा विरुद्ध हाम्रो ऐक्यवद्धा भन्ने नाराका साथ हामो सहयात्रा मञ्च इनरुवाले आजबाट कार्य थालेको छ । इनरुवामा परिचयात्मक कार्यक्रमको आयोजना गरी संस्थाले लोगो सार्वजनिक गरेको छ । इनरुवा नगरपालिका प्रमुख राजन मेहताले संस्थाको ब्यानर उद्घाटन गर्नु भएको थियो । उपप्रमुख जमुना गौतम सहित पाज्ञ जिवनाथ पोखरेल, यूएनएफपिए सुनसरी संयोजक काशीनाथ पोखरेल लगायतको उपस्थिती रहेको कार्...

भोट दिने लाई मात्र राहत वितरण गराउदै कोशी गाउँपालीकाका जनप्रतिनिधि

भोट दिने लाई मात्र राहत वितरण गराउदै कोशी गाउँपालीकाका जनप्रतिनिधि
१० फागुन, इनरुवा। सुनसरीमा बाढी पीडित लाई राहत वितरणमा जनप्रतिनिधिहरुले भेदभाव गरेको पाइएको छ । वास्तविक बाढी पीडितको नाममा आएको राहत उनीहरू लाई वितरण नगरि आफूलाई चुनावमा भोट दिनेहरू लाई वितरण गर्न लगाइएको पाइएको हो । सुनसरीमा विभिन्न संघ संस्थाहरुले कतिपय स्थानमा जनप्रतिनिधिसंग सम्पर्क नगरी आफूखुशी वितरण गरेको जनप्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन् । गणतन्त्र चीनको सहयोगमा सुनसरीको वास्तवि...
trusted online casino malaysia