राजपा नेपालद्धारा मृतक परिवार प्रति समवेदना प्रकट

राजपा नेपालद्धारा मृतक परिवार प्रति समवेदना प्रकट
३ माघ, दिपेन्द्र यादव इनरुवा। राजपा नेपाल क्षेत्र नं. ४ ले कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको अर्नाको आक्रमणबाट मृत्यु भएको सहजादि खातुनको मृतक परिवार प्रति समवेदना प्रकट गरेको छ। हिजो मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाको आक्रमणबाट कोशी गाउँपालीका वडा नम्बर ४ का स्थानीय मजबुल मियाकी ९ वर्षिय छोरी सहजादी खातुनको मृत्यु भएको थियो भने सोही स्थानका १३ वर्षीय जावेद अख्तर ...

भोक्राहानरसिंह गाउँपालिकामा आजदेखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु

भोक्राहानरसिंह गाउँपालिकामा आजदेखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु
३ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि आज देखी अभियान सुरु गरिएको छ। साविक नरसिंह हाल भोक्राहा नरसिंह गाउँपालिका वार्ड न. ५, ६, ७ र ८ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि सरसफाई कार्यदल समितिका संयोजक शिवराज दहालको संयोजकत्वमा आज देखी पाँच दिने मिसन ओडिएफ अभियान सुरु भएको छ । मिसन ओडिएफमा खानेपानी सरसफाई डिभिजन...

भोक्राहा नरसिंह गाउँपालिकामा चिसोका कारण एक जनाको मृत्यु

भोक्राहा नरसिंह गाउँपालिकामा चिसोका कारण एक जनाको मृत्यु
३ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा चिसोका कारण एक जनाको मृत्यू भएको छ। केही अघि देखी बढेको चिसो तथा शितलहरका कारण भोक्राहा नरसिंह वार्ड नं. ७ बस्ने ५८ वर्षिय लेलाहाय यादवको मृत्यू भएको परिवारीक स्रोतले बताएको छ । वहाँको परिवारीक स्रोतले बताए अनुसार यादव दुई दिन अघि आफ्नो घरमा नियमित कामकाज गरेपनि हिजो राती खाना खाएर सुतेपछि आज बिहान चिसोको कारण मृत्यु ...

कोशी जनता मा. वि.का शिक्षकहरुलाई तलव खुवाउन समस्या

२ माघ, इटहरी। विद्यार्थीको संख्या अनुसार शिक्षक भएको तथा भएका शिक्षकहरुलाई समेत तलव खुवाउन समस्या परिरहेको कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यपकले गुनासो गरेका छन । कोशी गाउँपालिका ७ हरिपुरमा रहेको कोशी जनता माध्यमिक विद्यालयमा अध्ययरत ९सय ४८जना विद्यार्थी १३ जना शिक्षकहरुले पढाइ रहेको र निजी श्रोतबाट राखिएका शिक्षकहरुलाई तलव खुवाउन समस्या परिरहेको प्रअ मोहन कुमार यादवले गुनासो गरेका हुन । ...

जिल्ला नागरिक संवाद मंच गठन

जिल्ला नागरिक संवाद मंच गठन
२ माघ, मिकाइल आलम इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १२ सदस्यीय जिल्ला नागरिक संवाद मंच गठन भएको छ। मंगलवार सामाजिक सचेतनाकालागि सूचना केन्द्र सुनसरीले गरेको एक कार्यक्रम बीच जिल्ला नागरिक संवाद मंच गठन भएको हो। गठित नागरिक संवाद मंचको सदस्यहरुमा हजरत हुसेन,अञ्जु अधिकारी,अनिता उराँव,सहजादी प्रवीण,सुमन तामाङ,शिवेन्द्र कर्ण,परिचय अधिकारी,अजित कुमार झा,कानुन अधिकारी,प्रमोद पोखरेल,पर्शुराम यादव र सपन...

सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मी बिच सम्बाद कार्यक्रम समपन्न

सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मी बिच सम्बाद कार्यक्रम समपन्न
२ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मी बिच सम्बाद कार्यक्रम समपन्न भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा सर्च फर कमनग्राउण्डको सहयोगमा सुरक्षा र न्याय बिषयक सम्वाद कार्यक्रम समपन्न भएको हो । ग्रामिण क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत तथा बिपन्न वर्गको न्याय र सुरक्षामा पँहुच पुर्याउने उद्धेश्यले सुरक्षा र न्याय बिषयम...

कोशी टप्पुको अर्नाको आक्रमणबाट कोशी गाउँपालीकामा एक मृत्यु

कोशी टप्पुको अर्नाको आक्रमणबाट कोशी गाउँपालीकामा एक मृत्यु
२ माघ, मिकाइल आलम इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाको आक्रमण बाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मंगलवार दिउँसो पौने १२ बजेको समयमा कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाको आक्रमण बाट कोशी गाउँपालीका वडा नम्बर ४ का स्थानीय मजबुल मियाकी ८ वर्षिय छोरी सहजादी खातुनको मृत्यु भएको हो भने अर्का एक स्थानीय १६ वर्षका जावेद आलम घाइते भएका छन् । घटनापछ...

पत्रकार थापाको सुनसरी खोलामा दाहसंस्कार, महासंघले झण्डा ओढाएर दियो श्रद्धाञ्जली

पत्रकार थापाको सुनसरी खोलामा दाहसंस्कार, महासंघले झण्डा ओढाएर दियो श्रद्धाञ्जली
२ माघ, इनरुवा। आज बिहान निधन भएका अग्रज तथा योद्धा पत्रकार डम्बरबहादुर थापाको सुनसरी खोलामा दाहसंस्कार गरिएको छ । थापालाई श्रद्धाञ्जली दिन नेपाल पत्रकार महासंघ सुनसरीको टोली बिहानै मधेशा स्थित निवासमा पुगेको थियो । सुनसरी खोलामा दाहसंस्कारको क्रममा महासंघका अगुवा पत्रकारहरुले थापाको पार्थिक शरिरमा नेपाल पत्रकार महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । पत्रकार महासंघ सुनसरीका अध...

अस्ताए योद्धा पत्रकार – जसलाई समाचार लेखेकै आधारमा कारागारमा मार्ने षडयन्त्र रचियो

अस्ताए योद्धा पत्रकार – जसलाई समाचार लेखेकै आधारमा कारागारमा मार्ने षडयन्त्र रचियो
अमर काफ्ले माघ २ इनरुवा/योद्धा पत्रकार डम्बर बहादुर थापाको आज विहान निधन भएको छ ।  ७६ वर्षको उमेरमा थापाको इनरुवा ६ मधेशा स्थित रहेको निवासमा निधन भएको हो । दमको विरामी थापा केहि सातायता नियमित औषधी सेवनको क्रममा रहेका थिए । थापाको दाहसंस्कार सुनसरी खोलामा गरिने पारिवारिक सदस्यहरुले जनाएका छन् । नेपाली प्रेस जगतका निडर पत्रकारका रुपमा चिनिएका थापा पंचायत कालमा निष्पक्ष र स्वतन्त्र पत्रकारिताल...

राहत वितरण प्रभावकारी नभएको प्रति प्रजिअको आक्रोस

राहत वितरण प्रभावकारी नभएको प्रति प्रजिअको आक्रोस
अमर काफ्ले पुष ३० /जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत प्रभावकारी नभएको गुनासो बढेपछि सुनसरी प्रशासनले सर्वपक्षिय बैठक डाकी सरोकारवालाहरुलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले विपद व्यवस्थापन समितिको बैठक डाकी लगत विवरण सहित वितरण गरिएका सामाग्रीबारे जानकारी गराउन स्थानीय तहलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले राहत वितरण प्रभावकारी नभएको गुन...
trusted online casino malaysia