देउवा सिङ्गो पाटी सभापति बन्न नसकेको सिङको आरोप
इनरुवा जेठ २२/ काँग्रेस भित्र आफुखसी निर्णय लाद्दै हिँड्ने गरेको भनि आरोप झेल्दै आएका सभापति देउवामा अझै परिवर्तन आउन नसकेको काँग्रेस नेताको आरोप छ ।सुनसरी सदरमुकाम इनरुवा पुग्नु भएका काँग्रेस पूर्व महामंत्री प्रकाशमान सिङले देउवा अझै सिङ्गो पाटी सभापति बन्न नसकेको बताउनु भएको हो ।
अगुवा कार्यकर्ता भेलामा सम्बोधनका लागि इनरुवा पुग्नुभएका नेता सिङले संचारकर्मीहरुसँगको कुराकानीमा एकपक्षिय निर्ण...












