जेठ २७ इनरुवा / फोहोर व्यवस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै युवाहरुले विरोध स्वरुप अस्पताल प्रशासन कक्षमै फोहोर थुपारि दिएका छन् ।अस्पताल जस्तो संवेदनशील क्षेत्रको फोहोरको उचित व्यवस्थापन गर्न नसकेको प्रति विरोध जनाउँदै उनिहरुले प्रशासन शाखाको मुल ढोकामै फोहोर थुपारेका हुन् ।अस्पताल परिषरमा नियमित गरिँदै आइएको भनिएको सरसफाइका बाबजुत युवाहरुले कुनाकाप्चामा फालिएका फोहोर एकितृृत गरी प्रशासन कक्ष अघिको ढोकामा थुपारेका हुन् ।

इनरुवामा संगठित बनि सरसफाई अभियान चलाउदै आएको युथ अफ इनरुवाले स्वच्छ र सफा नगरको अभिप्राय साथ सरसफाई अभियान अघि बढाउँदै आएको छ ।युथ अफ इनरुवाले नगरभित्र केहि साता यता सरसफाईका साथै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।युवाहरुले अस्पताल हाताभित्र विभिन्न सचेतना मुलक स्टिकर समेत टाँसेका छन् ।अस्पताल परिषरको फोहोरको सन्दर्भमा कार्यालय प्रमुख दिल्लीरमण अधिकारीले सरसफाईमा संलग्नहरुलाई अस्पतालबाट निस्कने फोहोर नियमित संकलन गरी उचित व्यवस्थापन गर्न निर्देषन दिनुभएको छ ।










