अपाङ्गता छात्रवृति रकम हिनामिना

अपाङ्गता छात्रवृति रकम हिनामिना
अमर काफ्ले इनरुवा पुष २ / अपाङ्गता भएका विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालय सुनसरीले उपलब्ध गराएको रकम सम्वन्धित विद्यालयका प्रअले हिनामिना गरेको खुलेको हो । अभिभावकले रकम नपाएको भनि उजुरी गरेपछि प्रअको गलत नियत सार्वजनिक हुन पुगेको हो । सुनसरीको इनरुवा ६ स्थित रहेको ज्ञानोदय निमाविमा अध्ययरत एक छात्रले आफुले पाउनुपर्ने छात्रवृति रकम लामो समय सम्म नपाएको सार्वजनिक भएसँगै प्रअको मनोमानीको पो...

सीमाङ्कनबारे जनतालाई सोध : पौडेल (मोर्चाले जनायो विरोध)

सीमाङ्कनबारे जनतालाई सोध : पौडेल  (मोर्चाले जनायो विरोध)
  इनरुवा पौष २/ नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेशमा जारी आन्दोलन अराजकता उन्मूख हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।सुनसरी काँग्रेसले सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यक्रममा पुगेको उपसभापति पौडेलले आन्दोलनका नाममा अराजकता मौलाउने खतरा बढेको प्रति चिन्ता व्यक्त गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले मधेश केन्द्रित आन्दोलनका जायज मुद्धा सम्बोधनक...

संसोधन विधेयक प्रति मधेशी मोर्चा सुनसरीको आपत्ति

इनरुवा पौष १ / सरकारले व्यवस्थापिका संसद मार्फत अघि बढाएको भुकम्प पूर्न निर्माण तथा सविधान संसोधन विधेयक प्रकृया प्रति संयुक्त लोककतान्त्रिक मधेशी मोर्चा सुनसरीले आपत्ति जनाएको छ ।मोर्चाको विरोधका बाबजुत जबरजस्ती उक्त प्रकृया अघि बढाइएको भन्दै मोर्चाले सत्ताधारी दलको उक्त कदम प्रति रोष प्रकट गरेको छ ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरी संयोजक एसएन मेहताले विज्ञप्ती जारी गर्दै सरकारको उक्...

सुनसरी प्रशासनको तयारी: जाडो छल्न चोकमा दाउरा बाल्ने तयारी

सुनसरी प्रशासनको तयारी: जाडो छल्न चोकमा दाउरा बाल्ने तयारी
इनरुवा पौष १ / केहिदिनयताको शितलहर सँगै बढ्दो जाडोलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले स्थानीय चोक चोकमा दाउरा बाल्ने तयारी गरेको छ । सुनसरी प्रशासनले इनरुवा नगरपालिका, जिल्ला वन कार्यालय र गाविस कार्यालयलाई जाडोको व्यवस्थापनका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीको बैठकले जाडोको समयमा स्थानीय चोकहरुमा दाउरा बाल्ने निर्णय गरेको हो । जसकालागि जिल्ला वन...

सुनसरी मधेसाका गायक मुरारीको म्यूजिक भिडियो अमेरिकामा छायांकन (भिडियो)

सुनसरी मधेसाका गायक मुरारीको म्यूजिक भिडियो अमेरिकामा छायांकन (भिडियो)
मंसिर २९ इनरुवा।सुनसरी मधेसाका गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा अभिनेता दिलिप रायमाझीसँग मोडल निला शाहीले अभिनय गरेका छन् । परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनीहरुको लोभलाग्दो नृत्य र रोमान्स देख्न सकिन...

उपचार सम्भव भएन -मलाई बचाई दिनुुस

अमर काफ्ले मंसिर २७ इनरुवा आर्थिक अभावका कारण उपचार सम्भव हुन नसकेपछि मधेशा ९ कि किशोरीले सहयोगको याचना गरेकी छिन् । इनरुवा ९ बलाहा स्थित शारदा उच्च माविमा अध्ययनरत कुमारी खत्रीले सहयोगी हातहरुसँग आफ्नो जीवन बचाइदिन आग्रह गरेकी हुन् । कुमारी खत्री उपचार सहयोग समिति इनरुवाले आर्थिक सहयोग संकलनका लागि आयोजना गरेको कार्यक्रममा किशोरी खत्रीले परिवारको दयनीय अवस्थाका कारण उपचार सम्भव हुन नसकेको ...

डाका लखेटे गाउँलेले- दुवै पक्ष्यवीच दोहोरो फाइरिङ

डाका लखेटे गाउँलेले- दुवै पक्ष्यवीच दोहोरो फाइरिङ
अमर काफ्ले इनरुवा मंसिर २७/ सुनसरीको दक्षिणवर्ती गाविस वसन्तपुरमा शनिबार मध्यराति डाका समूह र प्रहरी बिच दोहोरो गोली हानाहान भएको छ । सुनसरी प्रहरीका अनुसार मध्य राति चौपाया चोरी गर्नका लागि आएको हतियारधारी समूहले गोली चलाए पछि प्रहरीले समेत फायर खोलेको हो ।डाका समूह र स्थानीय गाउँले वीच दोहोरो झडप भैरहँदा पुगेको प्रहरी टोलीलाई देखेपछि प्रहरीलाई लक्षित गरी हतियाधारी समूहले दुई राउण्ड गोली चल...

इनरुवा नगरपालिकाले ल्यायो घर नक्सा पास गर्ने नया मापदण्ड

इनरुवा नगरपालिकाले ल्यायो घर नक्सा पास गर्ने नया मापदण्ड
२६ मंसिर ,इनरुवा। सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले अब नगरपालिका क्षेत्रभित्रमा पाँच धुरभन्दा कम जग्गामा घर नक्सा पास नगर्ने भएको छ ।इनरुवा नगरपालिकाले शुक्रबार विशेष नगर परिषद् सम्पन्न गर्दै नगरपालिका क्षेत्रभित्रमा पाँच धुरभन्दा कम जग्गामा घर नक्सा पास नगर्ने रणनीति ल्याएको हो । नगर क्षेत्रको विकासका लागि भन्दै नगरपालिकाको विशेष परिषद्मा घर नक्सा मापदण्ड र कार्यविधिसमेत पारित गरिएको ह...

इनरुवामा मोर्चाको मसाल जुलुस

इनरुवामा मोर्चाको मसाल जुलुस
मंसिर २३ इनरुवा / संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले आज साँझ सदरमुकाम इनरुवामा मसाल जुलुस प्रर्दशन गरेको छ । जिविस रोड स्थित रहेको सद्भावना पार्टीको कार्यालयबाट निस्केको मोर्चाको मसाल जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेका आफ्ना कार्यकर्ता अभिनन्द यादवलाई अविलम्ब रिहा गरिनुपर्ने माग गरेका उनिहरुले प्रहरीले झुटो मुद्धामा आफ्ना कार्यकर्ता पक्राउ गरेको प्रति आक्रोस पोखेका...

बालिका बेचविखन मुद्धाका दुई अभियुक्त सार्वजनिक

बालिका बेचविखन मुद्धाका दुई अभियुक्त सार्वजनिक
अमर काफ्ले इनरुवा मंसिर २३ भारतको विरपुरमा एसएसबीले नियन्त्रणमा लिई नेपाल प्रहरीलाई जिम्मा लगाएका मध्ये दुई नेपालीलाई सुनसरी प्रहरीले मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्धा चलाएको छ । ५३ जना नेपालीलाई नियन्त्रण लिई हिजो छाडेको भारतीय सीमा सुरक्षा बल एसएसबीले शंकास्पद भनि नेपाल प्रहरीलाई जिम्मा लगाएका मध्ये दुई जनामाथि सुनसरी प्रहरीले मानव वेचविखन तथा ओसारपसार सम्वन्धि मुद्धा...
trusted online casino malaysia