रबि लामिछानेको समर्थनमा इनरुवामा र्याली

रबि लामिछानेको समर्थनमा इनरुवामा र्याली
संचारकर्मी रबि लामिछानेको समर्थनमा इनरुवामा र्याली निकालिएको छ । न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई सुनियोजित तवरमा फँसाउने प्रयास गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरुले दबाब मूलक र्याली निकालेका हुन् । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अनुसन्धानकालागि पक्राउ गरिएका संचारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छा...

मंत्री घिमिरेद्वारा मधेशा कबर्ड हल निरिक्षण

मंत्री घिमिरेद्वारा मधेशा कबर्ड हल निरिक्षण
प्रदेश नम्वर १ का सामाजिक बिकास मंत्री जीवन घिमिरेले इनरुवा नगरपालिका वडा नम्वर ६ मा बन्दै गरेको क्षेत्रीय कबर्ड हलको निरिक्षण गर्नु भएको छ । ५ करोड ७९ लाख ४२ हजार लागत अनुमान गरिएको कबर्ड हलमा भैरहेको निर्माण कार्य लगायतको बारेमा मंत्री घिमिरले जानकारी लिनु भएको हो । जनता माबिले उपलब्ध गराएको १७ कट्ठा १० धुर जग्गामा मधेशा कबर्ड हल निर्माण उपभोक्ता समितिले निर्माण कार्य गर्दै आएको छ । निर्माणाध...

श्रमदान जुटाएर चोक सिङ्गार्दै स्थानीय युवा

श्रमदान जुटाएर चोक सिङ्गार्दै स्थानीय युवा
आफ्नो गाउँ आफैं बनाऔं भन्ने अभियानमा जुटेका इनरुवाका स्थानीय युवा सुन्दर नगरको परिकल्पना साथ सृजनात्मक कार्यमा जुटेका छन् ।महेन्द्रचौक क्षेत्रलाई हरियाली सहित सुन्दर र सफा चोक बनाउन जुटेका युवाहरु जनश्रमदान जुटाएर संरचना निर्माणमा जुटेका हुन् ।सडक पेटीमा आकर्षक चौतारो निर्माण गरी रङ्गरोगनमा जुटेका युवाहरु बाटोमा गमला राखेर बिरुवा रोप्ने सम्मको तयारीमा छन् ।महेन्द्रचौक क्षेत्रमा केहि वर्ष पहिला सडक...

रबि लामिछानेको समर्थनमा भोलि इनरुवामा प्रर्दशन गरिंदै

रबि लामिछानेको समर्थनमा भोलि इनरुवामा प्रर्दशन गरिंदै
इनरुवा/संचारकर्मी रबि लामिछानेको समर्थनमा भोलि सुनसरीको सदरमुकाम इनरुवामा प्रर्दशन गर्न लागिएको छ । न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई सुनियोजित तवरमा फँसाउने प्रयास गरिएको भन्दै स्थानीयहरुले दबाब मूलक प्रर्दशनको आयोजना गर्न लागेका हुन् । पत्रकार सालिकराम पुडासैनी आत्महत्या अनुसन्धानको नाममा पक्राउ गरिएका संचारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा...

हरिनगरको घुस्कीमा वडा कार्यालय भवनको शिलान्यास

हरिनगरको घुस्कीमा वडा कार्यालय भवनको शिलान्यास
भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिकाले पुर्व घुस्की गाविस हाल हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीमा सात दशक पछि ६ नम्बर वडा कार्यालयकाे भवन शिलान्यास भएको छ । हरिनगर गाउँपालिकाको घुस्कीमा निर्माण हुने लागेकाे उक्त वडा कार्यालय भवन ६ नम्बर वडा कार्यालयले मंगलबार एक कार्यक्रम आयाेजना गरि शिलान्यास गरेको छ। कार्यक्रमकाे प्रमुख अथिति तथा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी विशिष्ट अथिति गाउँपालिका ...

मुलुकको समृद्धिकालागि कृषि क्रान्तिको जरुरी-राज्यमंत्री चौधरी

मुलुकको समृद्धिकालागि कृषि क्रान्तिको जरुरी-राज्यमंत्री चौधरी
इनरुवा। कृषि तथा पशुपन्छी विकास राज्यमंत्री रामकुमारी चौधरीले कृषि क्रान्ति बिना मुलुकको समृद्धि सम्भव नहुने बताउनु भएको छ । कृषि प्रधान देश भएरपनि उपभोग्य वस्तुमा परनिर्भर रहनु पर्ने बाध्यता अन्त्य हुन नसकेको वहाँको भनाई छ । जिल्ला समन्वय समिति सुनसरीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमंत्री चौधरीले कृषिमा यान्त्रिकीकरण सहितको आधुनिक खेती आवश्यक रहेको बताउनु भएको ह...

प्रधानमंत्री रोजगार कार्यक्रमको रकम इनरुवा नगरपालिकाद्वारा फिर्ता

प्रधानमंत्री रोजगार कार्यक्रमको रकम इनरुवा नगरपालिकाद्वारा फिर्ता
इनरुवा। इनरुवा नगरपालिकाको लागि प्राप्त भएको प्रधानमंत्री रोजगार कार्यक्रम अन्र्तगतको रकम फिर्ता भएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत प्रधानमंत्री रोजगार कार्यक्रमकालागि प्राप्त ३३ लाख रकम फिर्ता भएको हो । इनरुवा नगरपालिकाको कार्यालयले युवाहरुलाई रोजगारी दिलाउने तर्फ पहल नगर्दा उक्त रकम फिर्ता हुन पुगेको हो । नगरपालिकाले सबै दश वटै वडाबाट बेरोजगारी सूचि तयार प...

स्थानीयको अवरोधपछि बधशाला निर्माण रोकियो

स्थानीयको अवरोधपछि बधशाला निर्माण रोकियो
इनरुवा। इनरुवाको सोमबारे हाटको हातामा निर्माण गर्न लागिएको आधुनिक बधशाला निर्माणको कार्य अन्तिम समयमा आएर रोकिएको छ । नगरपालिकाको कार्यालय नगरकैलागि आधुनिक बधशाला निर्माण गर्ने तयारी थाल्दै गर्दा स्थानीयको अवरोधपछि निर्माण कार्य रोकिएको छ । बढ्दो वस्ती विस्तारका क्रममा रहेकाले बधशालाले दुर्गन्ध फैलाउने भन्दै स्थानीयले अवरोध जनाएपछि ठेक्का लागि निर्माणको चरणमा पुगेको बधशाला निर्माणको कार्य रोक्न...

भिमनगर जाने सडकलाई लक्षित गरी दशगजामै भारतले बनायो स्वागत द्वार

भिमनगर जाने सडकलाई लक्षित गरी दशगजामै भारतले बनायो स्वागत द्वार
इनरुवा। दशगजा क्षेत्रमा कुनैपनि संरचना निर्माण गर्न नपाइने अन्तराष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टावारीमा प्रवेश द्वार निर्माण गरेको छ । भाण्टाबारीको तिनकुने भन्ने स्थानमा भिमनगर जाने सडकलाई लक्षित गरी भारतीय पक्षले प्रवेश द्वार निर्माण गरि संचालनमा ल्याएको छ । भारतले सीमा स्तम्भ रहेको मैत्रिपोखरीको सामुन्नेमै प्रवेश द्वार बनाएको छ । सीमा सम्वन्धि अन्तराष्ट्रिय नियम अनुसार ...

बर्जु गाउँपालिकाका जेष्ठ नागरिकलाई दाँत उपहार

बर्जु गाउँपालिकाका जेष्ठ नागरिकलाई दाँत उपहार
जेष्ठ नागरिककालागि सरकारी भत्ता छँदैछ । उमेर ढल्कँदै जाँदा फुक्लेका दाँतका कारण थोते बन्नु पर्ने अवस्थाबाट समेत वृद्धवृद्धाले छुटकारा पाउने भएका छन् । यो खबर हो सुनसरीको बर्जु गाउँपालिकाको । गाउँपालिकाको कार्यालयले जेष्ठ नागरिकका हकमा दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागेको छ । जेष्ठ नागरिकको सम्मानकालागि दाँत उपहार कार्यक्रम संचालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले जानका...
trusted online casino malaysia