कांग्रेसले टुङ्ग्यायो जिसस सुनसरीका प्रमुख र उपप्रमुख
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुख पदका उम्मेदवार टुङ्ग्याएको छ ।
नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्य समितिको बैठकले जिसस प्रमुख र उपप्रमुखको अन्तिम नाम टुङ्गो लगाएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश एकका संसदीय दलका नेता राजिव कोइरालाले प्रमुख र उपप्रमुखको अन्तिम नाम टुङगो लगाइएको बताउनु भयो । कोइरालाका अनुसार उक्त नाम आज औपचारिक टुङ्गो लागे...












