काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी
यसवर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए।
बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा...












