झापामा वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ
दमक । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर -६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको हो ।बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाँडीमा मोटरस...












