माेरङकाे कोलुङ झरना : गर्मी बढेसँगै आन्तरिक पर्यटकहरूकाे भिड
मोरङ । गर्मी बढेसँगै मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकाको सीमामा रहेको ‘कोलुङ झरना’ हेर्न वरपर क्षेत्रका मानिसको भीड बढेको छ ।पूर्व–पश्चिम राजमार्गको उर्लाबारी मङ्गलबारेबाट करिब ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ–५ को साम्लिङ पुगिन्छ ।त्यहाँबाट करिव दुई सय मिटर ओरालो झरेपछि तेली खोलाको किनारमा सवारी साधन रोकेर करिव आधा घण्टा बाटो छिचोल्दै चुरे पहाडको को...












