पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दिदी–बहिनीको मृत्यु
पाँचथर । पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदी–बहिनीको) ज्यान गएको छ । आज (बुधबार) मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवामा मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।ट्याक्टरबाट खस्दा स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्...












