पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच वार्ता सुरु : काेशी नाम खारेज गर्न माग
इटहरी । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत रहेको पहिचान पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो ।‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरुले माग राख्दै आएको छ । प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी र...











