पूर्व सांसदले पैसा नपाउने, बन्द भयो बाटो
काठमाडौं, १९ पुस । खारेज भएको निर्वाचन क्षेत्रमा पूर्वसांसदबाट छनोट भएका योजनालाई रकम वितरण गरे गैरकानुनी र भ्रष्टाचार ठहरिने भएको छ ।स्थानीय विकास मन्त्रालयले पूर्वसांसदहरूलाई खारेज भएको निर्वाचन क्षेत्रअनुसार करिब १० अर्ब रुपैयाँ वितरण गर्ने निर्णय सार्वजनिक भएपछि सरोकारवालाले प्रश्न उठाएका हुन् ।
अर्थशास्त्री र कानुन व्यवसायीले मन्त्रालयको यो निर्णय गैरकानुनी र भ्रष्ट भएको बताएका छन् । महाले...











