काठमाण्डाै । खाली जमिनको तीनतिरै फराकिलो सडक छन् । सडक किनारमा साँधुरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ । सडकभित्रको करिव ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठुला मालवाहक ट्रक रोकिएका छन् त कैत रात्रिवस ।
ट्रयाक्सी टिपर, टाटा मोबाईल सबैको पार्किङ स्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाईकल सिक्ने पनि भेटिन्छन् । यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने । यसलाई ‘तीनकुने पार्क’ ‘आधुनिक बगैँचा’, ‘तीनकुने शान्ति मण्डला’, अनेक नाम दिईएको छ ।तर, यो एउटा यस्तो पार्क, बगैँचा र मण्डला हो जहाँ तपाईले न एउटा फुल भेटाउनुहुन्छ न रुख नै । अहिले सम्म तिनकुनेलाई लिएर धेरै योजना बने, तर एउटै पनि कार्यान्वयन भएन ।
वितेको तीन बर्षमा तीनकुनेमा पार्क, बगैँचा र मण्डला बनाउने नाममा करिव डेढ करोड रुपैयाँ खर्च भएको छ । अहिले देखाउन मिल्ने केहि छैन । तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक बर्ष लाखौँ रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन ।, आजको नागरिक दैनिकमा यो खबर छ ।









