०१ कार्तिक
मोरंगको वाविया विर्ता गा. वि. स. मा अवस्थित यो दुर्गा,कालि माताको मन्दिर करिब १५० वर्ष पुरानो मन्दिर मानिन्छ। यस मन्दिरमा प्रत्येक वर्ष दशैको घटस्थापना देखि कोजाग्रत पुर्णिमा सम्म भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहन्छ।यहाका भक्तजनहरुका अनुसार यस मन्दिरको महोत्व विषेश तथा अलौकिक रहेको छ।दशैको टिकाको दिन यस मन्दिरको प्रांगनमा भव्य मेलाको साथै सन्थाल जातिको संस्क्रिति झल्किने न्रित्य पनि प्रस्तुत गरिन्छ। लगभग १२-१३ वर्ष अगाडि यहाका स्थानिय वासिको आर्थिक सहयोगमा यस मन्दिरको भौतिक संरचना पुन:निर्माण गरिएको छ।













