काठमाडौं, ९ कात्तिक दुर्घटनाको उच्च जोखिम भएकाले सार्वजनिक यातायातमा इन्धन बोक्न प्रहरीले कडाइ गर्न थालेको छ । भारतका सीमावर्ती सहरबाट ड्रम तथा जर्किनमा भरेर पेट्रोल तथा डिजेल नेपाल ल्याएर विभिन्न सहरमा पुर्याउन थालिएपछि प्रहरीले कडाइ गरेको हो । सार्वजनिक सवारीसाधनमा इन्धन ओसार्दा आगो लाग्ने सम्भावना धेरै हुने भएकाले प्रहरीले कडाइ गरेको हो । ठूलो मात्रामा पेट्रोल बोकेको यात्रुबाहक बस गत मंगलबार बाँकेमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको थियो । लु.१ख ५८२८ नम्बरको बस बाँकेको खासकुश्मा भन्ने स्थानमा पल्टिएपछि आगो लागेकाले धेरैको मृत्यु भएको थियो । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैलाई दुर्घटनापछि लागेको आगोले पोलेको थियो । भारतले विगत पाँच सातादेखि गरेको नाकाबन्दीका कारण देशभरि इन्धन अभाव छ । सोही कारण भारतीय बजारका पेट्रोलपम्पबाट ड्रममा पेट्रोल भरेर नेपाल ल्याई महँगोमा बिक्री गरी कालोबजारी भइरहेको छ । सार्वजनिक यातायातबाट पनि त्यसरी पेट्रोल ओसार्ने गरिएको छ । तर, यसले जोखिम बढेकाले सार्वजनिक यातायातमा पेट्रोल ओसार्न र महँगोमा बिक्री गर्नेहरूलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।नयापत्रिकाबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...
समानुपातिकतर्फ घण्टीको वर्चस्व, माटोले ल्यायो ३ लाख मत
काठमाडौं — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणनाक...
आचारसंहिता उल्लङ्घनमा पाँच उम्मेदवार र दुई सङ्घलाई आयोगको स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच उम्मेदवार र दुई सङ्घसंस्थालाई स्पष्टीकरण माग गरेको छ। आ...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इनरुवा— नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२६ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। इन्सेक सुनसरीले आयो...
सिमरामा झडपपछि विमानस्थल बन्द, अवस्था तनावग्रस्त
बाराको सिमरामा अवस्था तनावग्रस्त बनेको छ। काठमाडौँबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल तथा नेता महेश बस्नेत सिमरा जाने ...









