२ जेठ, काठमाडौ । उच्च माध्यामिक शिक्षा परिक्षा अन्तरर्गत कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ ।परीक्षामा कुल तीन लाख ६९ हजार चार सय २६ परीक्षार्थी सहभागी हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । मुलुकभर ९२१ परिक्षा केन्द्रमा परिक्षा हुदै छ ।
परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने उनले परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।परीक्षाआज देखि सुरु भएर १२ गते सकिने छ ।यसैबिच परिषद्ले परीक्षा केन्द्रमा मोबाइल फोन र मार्ट घडिको प्रयोगमा निषेध गरेको छ ।








