जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीका कारण शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि सबै ठाउँमा पुस्तक पुग्न सकेका छैनन्।  केन्द्रले चालू शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्न तोकिएको समय ६ पटक कटाएको छ।  शिक्षा विभागले तोकेको पाँच र आफैले तोकेको एक गरी ६ पटक तोकिएको समयमा जनक शिक्षाले पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसकेको हो।

पुस्तक अझै छपाइ भइरहेका छन्। केन्द्रले चैत मसान्तभित्र विद्यालय तहको पाठ्यपुस्तक छपाइ गरिसक्नु पर्ने थियो।  चालू शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि एक करोड ७७ लाख थान पुस्तक आवश्यक पर्ने संशोधित छपाइ  कार्ययोजना केन्द्रले शिक्षा मन्त्रालयमा पेस गरेको थिए। तर, २० जेठसम्मका एक करोड १९ लाख मात्र छपाइ सकिएको कर्मचारहिरुले बताएका छन्। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia