एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ ।
जसका कारण एकल महिला र विधवाको संख्या बढेको छ । हालै भएको एक सर्वेक्षणका अनुसार ७० प्रतिशत महिलाहरु अविवाहित रहेका छन् । अवस्था यहाँसम्म पुगेको छ की महिलाहरु आफूभन्दा दोब्बर उमेरका पुरुषहरुसँग शारीरिक सम्बन्ध राख्न र घरजम गर्न बाध्य बनेका छन् । सर्भेक्षणअनुसार सन् १९८० देखि १९९० दशकमा जन्मिएका पुरुषहरुको एक पुस्ता लगभग समाप्तीको दिशामा अघि बढेको छ ।नेपाल सन्देशबाट









