freedom 251 smartphone mobile1

१५ असार। हुनत दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन हात पार्नु सजिलो छैन । तर यदि फ्रिडम २५१ नाम गरेको यो स्मार्टफोन खरीद गर्न सकियो भने त्यो ठूलै उपलब्धी हुनेमा शंका छैन । किनकी यसको मूल्य २ सय ५१  भारतीय रुपैयाँ मात्र हो । भारतीय कम्पनी रिंगिङ बेल्सले उत्पादन गर्न लागेको यस स्मार्टफोन देख्दा आइफोन फाइभ जस्तै लाग्छ ।

मूल्यसँग यसका फिचरहरु तुलना गर्ने हो भने यो स्मार्टफोन सित्तैमा पाएजस्तो लाग्नेछ । दुइवटा क्यामरा, ४ इनचको स्क्रिन, १ जिबी र्याम, ८ जिबी इन्टर्नल मेमोरी जसलाई ३२ जिबीसम्म एसडीकार्ड मार्फत बढाउन सकिन्छ, क्वाडकोर प्रोसेसर तथा टिकाउ ब्याट्री यसका मुख्य विशेषता हुन् ।

फ्रिडम २५१ दुइ मोडलमा उपलब्ध हुँदैछ, एउटा सेतो र अर्को कालो । स्मार्टफोनका फिचर हेर्दा आइफोन फाइभ जत्तिकै शक्तिशाली लाग्छ । तर यसका दाबी गरिएका फिचरहरु परीक्षण गर्नका लागि निकै गाह्रो छ । किनकी यसमा निकै कम मात्र एप्लिकेसन छन् । क्याल्कुलेटर, म्युजिक प्लेयर, वेब ब्राउजर, इमेल आदि ।

कम्पनीका अनुसार यो स्मार्टफोनको अन्तिम मोडल जुन ३० देखि उपलब्ध हुनेछ ।तर यो स्मार्टफोनका लागि बुकिंग गराइसकेका लाखौँ मानिसको हातसम्म यो ह्याण्डसेट कम्पनीले पूराउन सक्ने कुरामा भने धेरैले आशंका गरेका छन् । यद्यपि कम्पनीले भने अर्डर गर्ने सबैको हातमा मोबाइल पूराउने दाबी गरेको छ ।

सांसदहरुले समेत यति सस्तोमा मोबाइल उत्पादन गरेर हातमा पूराउने भन्ने कुरा ठूलो जोक भएको र यसमा अनियमितता रहेको दाबी गरेका छन् । तर कम्पनीका प्रमुख कार्यकारी मोहित गोयलले भने आफुमाथिको ठगीको अभियाग अस्विकार गर्छन् ।

स्मरण रोहस् गत वर्षको फब्रुअरीमा कम्पनीले यो स्मार्टफोन पहिलोपटक सार्वजनिक रेको थियो । अनलाइन मार्फत मोबाइल बुकिंगका आव्हान गर्रिकामा ७ करोडले नाम दर्ता गराइसकेका छन्  र अनलाइनमा नाम दर्ता गर्दा सुरुमा कम्पनीको वेबसाइट नै क्र्यास भएको थियो ।

गत फेब्रुअरीमा कतिपयलाई बाँडिएका फोनहरु चिनमा बनेका सस्तो मोडेलका स्मार्टफोन भएको पत्तो लागेपछि कम्पनी विरुद्ध मानिसहरुले आन्दोलन नै गरेका थिए । घटनापछि पुलिस र कर अधिकारीहरुले रिंगिंग बेल्सका अधिकारीसँग सोधपुछ गरे । पहिलो छलछामबाट पाठ सिक्दै कम्पनीले दोश्रोे पटक भने इमान्दारीतापूर्वक भनिए बमोजिमकै स्मार्टफोन उत्पादन गरेर बेच्दैछ ।

कम्पनीले ताइवानबाट पाटपूर्जा मगाएर हरिद्धारस्थित कार्यालयमा जोडजाड पारेर दुनियाकै सस्तो स्मार्टफोन बनाइरहेको छ ।यो स्मार्टफोनको लागत मूल्य ११८० भारु रहेको बताइन्छ ।

कतिपय एपहरुसँग टाइ अप गरी कम्पनीले एप निर्मातासँगबाट पैसा लिई यो स्मार्टफोनमा सोही बमोजिमका एपहरु प्रिइन्स्टल गर्नेछ । तर यति गर्दा पनि हरेक सेटमा डेढ सय भारु घाटा हुने र घाटा पूर्तिका लागि सरकारले सहुलित प्रदान गर्ने विश्वास गोयलको छ । बजारमा पठाउनका लागि २ लाख स्मार्टफोन तयारी हालतमा रहेको बताइएको छ ।

यो दुनियाको सबैभन्दा सस्तो स्मार्टफोनसँगै कम्पनीले १ सय डर मूल्य पर्ने स्मार्टफोन समेत बजारमा पठाउनेछ ।दुनियमा अढाइ सय भारु लागतमा स्मार्टफोन उत्पादन गर्न कहीँपनि सम्भव नरहेको तथा उत्पादन लागत भन्दा निकै कम रकममा बिक्रि गर्ने घाटाको विजनेस मोडेल बुझिनसक्नुको रहेको विश्लेषकहरुको भनाई छ । अझ कम्पनीका संस्थापकहरुमा प्रविधि सम्बन्धी कुनै अनुभव नरहेको हुँदा कम्पनीे दिगो रुपमा स्मार्टफोन उत्पादन गर्न सक्नेमा धेरैले आशंका गरेका छन् ।बीबीसीको सहयोगमा

भिडियोकोलागि तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया

trusted online casino malaysia