१८ असार, रविन्द्र साह।सप्तरीको झुटकी गाविसमा किसानहरुको क्षमता अभिवृद्धि धान खेती र बिउ वितरण सम्बन्धि तिन दिने तालिम शुक्रबारदेखि शुरु भएको छ । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा सेभ द नेपालको आयोजनामा झुटकी गाविस ६ स्थित राप्रावि विद्यालयमा समुदायका विपन्न ,दलित ,आदिवासी र पछाडी पारिएका वर्गका महिलाहरुको लागि सो तालिमको संचालन गरिएको हो ।

सेभद नेपालका अध्यक्ष राज कुमार साहको अध्यक्षतामा आयोजित सो तालिमको उदघाटन समारोहमा युवा पत्रकार शुभ नारायण यादव, शिक्षक जय प्रकाश यादव, चन्द्रकान्त यादव, हरेराम यादव, नागरिक सचेतना केन्द्रकी शान्ति देवी, सामाजिक परिचालक रामरिझन चौधरी, प्रशिक्षकद्धय बिरेन्द्र प्रसाद साह र मनोज मेहता सहितकाहरुले आ आफनो धारणा राख्नुभएको थियो ।.

तपाईको प्रतिक्रिया

trusted online casino malaysia