२६ असार,। “२१औं शताब्दी सूचना प्रबधिको युग” भएकोले हरेक व्यक्ति तथा संस्थाको दैनिक कामकाजलाई सहज र सरल बनाउन सूचना प्रबिधिको प्रयोग तथा ब्यवस्थापन अपरिहार्य भएको छ । स्थानीय निकायमा सुशासन कायम गर्न सूचना प्रविधिको महत्वपुर्ण भूमिका रहन्छ । तसर्थ सूचना प्रबिधिलाई बिकासको मेरुदण्डको रुपमा लिन सकिन्छ ।
पुर्बी नेपालको मुटु, सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका कार्यालयमा सूचना प्रविधिको महत्व बुझी कार्यालयलाई सूचना प्रबिधि मैत्री बनाउन नविनतम प्रविधिहरु प्रयोगमा ल्याई कार्यालयको कामकाजलाई नियमित, प्रभाबकारीपारदर्शी र कर्मचारीलाई जवाफदेही बनाउने लक्ष्य लिइएको छ ।

विगतमा न.पा. ले गर्ने दैनिक कामकाजमा न्युन मात्रामा प्रविधिको प्रयोग गरिएको थियो । सम्पूर्ण कार्यहरु मानव निहित हुने भएकोले सेवाग्राहीलाई समयमा सेवा प्रदान गर्न नसकिनुका साथै न्युनतम सूचनाहरु सेवाग्राही सम्म पुग्न नसकेको अवस्था थियो ।
मानव निहित कार्य गर्दा धेरै जनशक्ति, धनराशी र समय खर्चिदा पनि अपेक्क्षित नतिजा हासिल गर्न नसकिएकोले न.पा. मा विकास तथा सुशासन कछुवाको गतिमा अघि बढिरहेको अवस्था थियो । फलस्वरूप सेवाग्राहीहरुमा कार्यालय प्रति असन्तुस्टी बढ्न गई नकारात्मक सोच वृद्धि भएको थियो ।
नगरको लक्ष्य अनुरुप सेवा प्रवाह तथा सुशासन कायम गरि विकासको गतिमा अघि बढ्न नसक्नुको प्रमुख कारण न.पा. ले गर्ने दैनिक कामकाजमा सूचना प्रविधिको प्रयोग नगरिनुनै हो भन्ने निस्कर्ष निकालिएअनुरुप कार्यालयलाई सूचना प्रबिधि मैत्री बनाउन विभिन्न प्रयासको थालनी गरिएको छ ।
१. राजस्व शाखा तथा आर्थिक प्रशासन शाखा ब्यवस्थापन गर्ने उद्धेश्यले दुवै शाखामा कम्प्युटर सफ्टवेरकोप्रयोग गरिएको छ ।(राजस्व शाखा-२०६७ पौष, आ.प्र. शाखा-२०७१ असोज बाट)

२. कार्यालय परिसर भित्रका गतिबिधिहरु रेखदेख गर्ने उद्धेश्य राखी मिति २०७१ कार्तिक १ गते बाट १६ वटा सि.सि. क्यामेरा जडानगरि कार्यालय प्रमुखको कक्षबाट निगरानी गर्ने व्यवस्था गरिएको छ ।

३. कर्मचारीलाई कार्यालय प्रति जवाफदेही बनाउने उद्धेश्य राखी मिति २०७१ फाल्गुन १ गते बाट विधुतीय हाजिरीको सुरुवात गरिएको छ ।

४. न. पा. ले प्रकाशन गर्ने सम्पूर्ण सूचना, नागरिक वडापत्र, आयव्ययलाई डिजीटाईज गरि मिति २०७१ चैत्र ६ गते बाट विधुतीय सूचना पाटीमासार्वजनिक गर्न गरिएको छ ।

५. राजश्व शाखामा सेवाग्राहीहरुको भिड व्यवस्थापन गर्न मिति २०७२ माघ महिना बाट Que Management System प्रयोगमा ल्याइएको छ।

६. न.पा.ले प्रदान गर्ने सबै सेवा, दैनिक प्रकाशन गर्ने सूचनाहरु र महत्वपुर्ण निर्णयहरु कार्यालयको वेब साइट (www.inaruwamun.gov.np), फेसबुक पेज (www.facebook.com/inaruwamun) र अडियो नोटिस बोर्ड सेवा (१६१८०२५५६००७७) बाट पनि सार्वजनिक गर्ने गरिएको छ ।

७. न.पा.ले संचालन गर्ने सम्पूर्ण योजना तथा कार्यक्रमहरु Web Based Reporting System मा प्रविष्टि गर्न थालिएको छ ।
८. जिन्सी शाखाको कामकाजलाई व्यवस्थित गर्न मिति २०७३ बैशाख ६ गते बाट Inventory Management Software प्रयोगमा ल्याईएको छ ।

९. MIS System for Social Security.
१०. विधुतीय बोलपत्र (e Bidding) को सुरुवात भएको छ।
११. सामुदायिक विकास शाखा, प्रशासन शाखा तथा योजना शाखा बाट तयार गरिने सम्पूर्ण रिपोर्टहरु र विभिन्न सिफारिसहरु कम्प्युटर प्रबिधिबाट गर्ने कार्यको सुरुवात गरिएको छ ।
१२. आ.ब. २०७२/०७३ को लागि पहिलो पटक सूचना प्रबिधि व्यवस्थापन शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
यसरी नगरपालिकामा सूचना प्रबिधिको प्रयोग तथा व्यवस्थापन गर्नाले दैनिक कामकाजमा सहजता पुग्नुका साथै गरेका कार्यहरुमा पारदर्शीता एवं जवाफदेहिता झल्किएको छ। कर्मचारी वर्ग पनि नविनतम सूचना प्रविधीकोप्रयोग गर्न पाएकोमा खुसी हुदै थप प्रबिधिको प्रयोग गर्नु पर्नेमा जोड दिएकाछन् ।
समयमै सम्पूर्ण सेवा लिन पाएकोले सेवाग्राहीहरु कार्यालयको सेवाप्रवाह प्रति सकारत्मक रहेकाछन् । कार्यालयले प्रकाशन गर्ने सूचना तथा मन्त्रालयलाई पठाइने रिपोर्टहरु समयमै हुनथालेको छ ।
अत: यस इ.न.पा. कार्यालय सुनसरीमा गरिएका विभिन्न प्रयोगबाट प्रस्ट हुन्छ कि स्थानीय निकायमा सुशासन कायम गरि राष्ट्रलाई युग संगै विकासको गति दिन सूचना प्रविधिको प्रयोग तथा व्यवस्थापन नै आजको मूल आवश्कता हो ।
ई. निरज पोखरेल
ICT Volunteer इनरुवा नगरपालिका कार्यालय, सुनसरी
LGCDP-II, MoFALD









