kfc1

केही गर्नु छ भने उमेर र समय छँदा नै गर्नुपर्छ भन्ने मान्यता धेरै मानिसहरुको हुन्छ । धेरै मानिसहरु उमेर छँदा नै आफ्नो करियर, व्यापार–व्यवसायमा सफल हुन चाहन्छन् र बुढ्यौलीका लागि पैसा जोरजम्मा गर्न लागिपरेका हुन्छन् । ६५ को उमेर धेरै मानिसहरुको लागि रिटायमेन्टको उमेर हुने गर्दछ । तर संसारमा यस्ता व्यक्तिहरु पनि छन् जसले ६० को उमेरलाई रिटायरमेन्टको उमेर नभई करियरको उमेर बनाएका छन् । यस्तैमा एक छन्, केएफसीका फाउन्डर हारल्याण्ड स्यान्डर्स ।

४० वर्षको उमेरमा सुरु गरेका थिए रेष्टुरेन्टको कारोबारः

स्यान्डर्सको जिन्दगी संघर्षले भरिएको थियो । यद्यपी, स्यान्डर्स रेस्टुरेन्ट चलाउने आफ्नो आइडियामा सधैंभरी टिकिरहे ।
वास्तवमा सेन्डर्स रेष्टुरेन्टको व्यवसायमा त्यतिबेला लागे जब उनी ४० वर्षका भइसकेका थिए ।
४० वर्षसम्म स्यान्डर्सले जति पनि व्यवसाय चुने ती सबैमा उनले कुनै सफलता हात पार्न सकेनन् ।

६५ वर्षको उमेरमा उनको हातमा हातमा थियो मात्र १०५ डलर

– सन् १९३० देखि १९५५ सम्म स्यान्डर्सको कारोबार निकै राम्रोसँग चलेको थियो ।
– सन् १९५२ मा स्यान्डर्सले आफ्नो पहिलो फ्रेन्चाइजी खोले ।
– सन् १९५५ मा जब स्यान्डर्स ६५ वर्षका थिए तब अमेरिकामा इन्टरस्टेट ७५ सुरु भयो ।
– केएफसीको वेबसाइट अनुसार, नयाँ इन्टरस्टेट खोलेपछि जहाँ केएफसी थियो त्यहाँ एक्कासी यातायात र मानिसहरुको आवतजावत नै बन्द भयो ।
– मानिसहरु नआएपछि पक्कै पनि कारोबार पनि ठप्प भयो । त्यतिबेला उनको स्थिती यति नाजुक भयो कि एक समयका सफल व्यवसायी स्यान्डर्सले पहिलो पटक सोसल सेक्युरिटी चेक लिनु पर्यो जुन करिब १ सय पाँच डलरको थियो ।
– यो चेकसँगै स्यान्डर्ससँग मात्र दुई चिज बचेको थियो । त्यसमध्ये एक उनको किचनका सामानहरु थिए भने अर्को उनको विशेष रेसिपी थियो

kfc2

६५ वर्षको उमेरमा फेरी सुरु भयो संघर्ष, ७३ मा बने करोडपति

– कारोबार डुब्दा पनि स्यान्डर्सले एकपटक फेरि संघर्ष सुरु गरे ।

– स्यान्डर्सका अनुसार उनलाई आफ्नो प्रोडक्टमाथि विश्वास थियो । उनलाई मात्र उचित ठाउँको आवश्यकता थियो ।

– स्यान्डर्सले पूरै अमेरिकामा एउटा राम्रो ठाउँको खोजी गर्ने क्रममा थुप्रै रात उनी आफ्नो कारमा पनि सुते ।

– सन् १९५९ मा ६९ वर्षको उमेरमा स्यान्डर्सले एउटा नयाँ रेस्टुरेन्टको सुरुवात गरे ।

– आफ्नो विशेष रेसिपी र प्रोडक्टका कारण रेष्टुरेन्ट हिट साबित भयो र हेर्दा हेर्दै अमेरिकामा ६ सयभन्दा बढि ठाउँमा फ्रेन्चाइजी खुल्यो ।

– सन् १९६३ मा ७३ वर्षको उमेरमा स्यान्डर्सले रिटायर्ड हुने घोषणा गरे र आफ्नो कारोबार २० लाख डलरमा बेचिदिए । यद्यपी, उनी कम्पनीका ब्रान्ड एम्बसेडर बनिरहे ।

स्यान्डर्सको सफलताको राज अहिलेसम्म पनि खुल्न सकेको छैनः

– स्यान्डर्स आफ्नो रेसिपीका कारण सफल भए ।

– केएफसीमा जुन मसला मिसाइन्छ त्यसलाई आधुनिक समयको सबैभन्दा ठूलो राज मानिएको छ ।

– केएफसीको वेबसाइटका अनुसार, यो रेसिपीमा ११ मसला मिसाइन्छ ।

– स्यान्डर्सले सन् १९३३ मा आफ्नो यो रेसिपीलाई अन्तिम रुप दिएका थिए ।

– केएफसीका व्यवस्थापनमा रहेका शीर्ष व्यक्तिहरुलाई मात्र यो रेसिपी बारे थाहा छ ।

– विशेषज्ञका अनुसार विशेष स्वादका कारण नै उनीहरुको चिकन मानिसहरुलाई सधैं मनपरेको हो । त्यसकारण कारोबार रिलञ्च हुँदा नै प्रोडक्टले आफ्नो ठाउँ बनाउन केही समस्या झेल्नु परेन ।

kfc

केएफसीसँग जोडिएका रोचक तथ्यः

– केएफसीका फाउन्डर हारल्याण्ड स्यान्डर्सको अनुहार नै केएफसीको लोगोमा प्रयोग गरिएको हो ।

– करोडपती भइसकेपछि पनि स्यान्डर्सले सधैं एकै प्रकारको लुगा लगाए ।

– केएफसीको एउटा लोगो अन्तरिक्षबाट पनि देखिन्छ । यो लोगो ८७ हजार वर्ग फिटमा बनेको छ ।

– केएफसी सफल हुनुमा स्यान्डर्सलाई भाग्यले पनि थुप्रै पटक साथ दिएको छ । सुरुवाती अवस्थामा उनका एक सबैभन्दा ठूला प्रतिस्पर्धीलाई हत्याको अभियोगमा जेल पुर्याइयो । उनी जेल गएपछि केएफसीको मार्केट शेयर श्वतः बढ्यो ।

– सन् १९९१ मा केन्टकी फ्राइड चिकनलाई केएफसीको नामबाट आधिकारिक रुपले चिनियो ।

– त्यतिबेला ‘फ्राइड’ शब्दलाई हेल्थमा नराम्रो असर पार्ने भनेर हेरिन थालिएको थियो । यसबाट बच्नको लागि कम्पनीको नाम केएफसी राखिएको थियो ।

– केएफसी बिक्रिको हिसाबले संसारको दोस्रो ठूलो रेष्टुरेन्ट चेन हो ।

– अहिलेसम्म केएफसीको १२३ देशमा २० हजार ठाउँमा रेष्टुरेन्ट छ । रातोपाटिबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia