काठमाडौं / यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन् ।
उता, अंग्रेजी भाषमा ए प्लस ल्याउनेको संख्या तुलनात्मकरुपमा निकै बढी छ । अंग्रेजी विषयमा ४ लाख ३६ हजार ९ सय ८३ परीक्षार्थी सहभागी रहेकोमा ए प्लस ल्याउने २० हजार ७ सय ९४ जना छन् भने ८६ हजार ६० ले डी र ७१ हजार १ सय २४ ले इ ग्रेड ल्याएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।








