गत मे महिनामा सुरु भएको गुगल फोटोज एपमा अहिलेसम्म ३७२० टेराबाइट तस्वीर तथा भिडियोहरु जम्मा भैसकेका छन् ।
यति यसलाई सरल तरिकाले भन्ने हो भने गुगलले जम्मा गरिदिएका प्रयोगकर्ताका सबै फोटोलाई पेनड्राइभमा राख्ने हो भने १ जिबी क्षमताका ३८ लाख ९ हजार २८० वटा पेनड्राइभको आवश्यकता पर्दछ । यी पेनड्राइभको कुल मूल्य ७६ लाख डलर हुन्छ ।
त्यस्तै गुगल फोटोजका सामाग्री स्टोर गर्न १६ जिबी क्षमताका २ लाख ३८ हजार ८० वटा आइफोन सिक्स एस चाहिन्छ । यी आइफोनको कुल मूल्य १५ करोड ४५ लाख डलर पर्नुका साथै सबैलाई लामो गरी जोडेर राख्ने हो भने २१ माइल टाढासम्म पुग्दछ ।
गुगल फोटोज गुगलको निशुल्क एप हो । स्मार्टफोन र कम्प्युटर समेतमा चलाउन सकिने यो एपले फोटो रहेको डिभाइसको स्टोरेज क्षमता सकिएको कुरा पत्ता लगाएर प्रयोगकर्तालाई सूचित गर्दछ अनि क्लाउडमा सुरक्षित भैसकेको सामाग्री डिभाइसबाट हटाएर ठाउँ खाली पार्न अनुरोध समेत गर्दछ ।