काठमाडौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।
कागजी प्रणालीमा परीक्षा लिइने भएकाले परीक्षा गर्न लामो समय लागेको हो । कम्प्युटर प्रणलीबाट परीक्षा लिएपछि उत्तर मिलेनमिलेको सिस्टमले परीक्षण गर्ने व्यवस्था हुनेछ । सोही आधारमा कुन प्रश्नको उत्तर मिल्यो वा मिलेन अनि कति अंक प्राप्त भयो भन्ने जानकारी परीक्षार्थीलाई देखाउन लागिएको हो । कोरिया जाने परीक्षार्थी अब कम्प्युटरमा पनि साक्षर हुनुपर्ने भएकाल छन् । ग्रामीण क्षेत्रका युवाले पनि कोरिया जानका लागि कम्प्युटरका आधारभूत ज्ञान हासिल गर्नुपर्नेछ ।आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।








