Lok-Sewa-Aayog-Nepal
काठमाण्डाै । संविधानले थप गरेको क्षेत्राधिकारबमाेजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ।
नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ।
थपिएको भूमिकाअनुसार कानुन व्यवस्था गर्न सरकारले आयोगको मौजुदा ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गरेको हो। संवैधानिक प्रबन्ध र प्रस्तावित विधेयकको व्यवस्थाअनुसार शिक्षक सेवा आयोग र विश्वविद्यालय सेवा आयोगबाहेकका अन्य निकायको लिखित परीक्षा अब लोक सेवा आयोगले लिनेछ।
यसअघि निजामती सेवाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको प्रमुख जिम्मेवारी आयोगलाई थियो। अन्य सरकारी स्वामित्वमा रहेका स्वायत्त संस्थाहरुले आयोगको प्रतिनिधि राखेर परीक्षा सञ्चालन गर्ने गरेका थिए। अाजकाे गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia