इटहरी भाद्र ६ /विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका सवालमा अझ पनि चुनौतिहरु विद्यमान रहेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।शिक्षा पत्रकार समुहले सुनसरीको इटहरीमा आयोजना गरेको छलफलका सहभागिहरुले जिल्लाको शैक्षिक गुणस्तर र विद्यालय शान्ति क्षेत्र कार्यान्वय प्रभावकारी बन्न नसकेको प्रति चिन्ता व्यक्त गरेका हुन् ।विद्यालय भित्र मौलाउँदै गएको राजनीति अन्त्य हुनु पर्नेमा सरोकारवालाहरु एकमत देखिन्थे ।

विगतको तुलनामा विद्यालय शान्ति क्षेत्र अभियान सार्थक देखिएपनि सरोकारवाला र नियमनकारी निकायवीच तालमेल अभाव देखिनु र शिक्षामा राजनीतिकरण हावी बन्दै जानु प्रमुख चुनौतिका रुपमा देखिएको उनिहरुको तर्क थियो ।समग्र जिल्लाको शैक्षिक गुणस्तरमा सुधारका साथै विद्यालय शान्ति क्षेत्र अभियानको प्रभावकारी कार्यान्वयनका लागि राजनीती मुक्त विद्यालय, नियमित विद्यार्थी उपस्थिती संगै नियमित पठनपाठनको व्यवस्था र एैनको प्रभावकारी कार्यान्वयका लागि सरोकारवालाहरुको सामूहिक पहल आवश्यक रहेकोमा जोड दिइएको थियो ।









